आईतवार, बैशाख ६,२०८३ 02:14:07
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:14:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जीरोका लगानीकर्ताको आरोप ‘राष्ट्र बैंकले व्यक्तिगत र धितोपत्र बोर्डले संस्थागत लगानीकर्तालाई संकुचित बनाए’

Bizshala
ग्राउण्ड जीरोका लगानीकर्ताको आरोप ‘राष्ट्र बैंकले व्यक्तिगत र धितोपत्र बोर्डले संस्थागत लगानीकर्तालाई संकुचित बनाए’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौ । आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं । आज पनि बिहानै देखि समाजिक सञ्जालहरुमा लगानीकर्ताहरुमाझ बजार के होला ? भन्ने जिज्ञास राखेको देख्न सकिन्थ्यो । काठमाण्डौमा आज राजावादीको प्रदर्शनी तथा अघिल्लो साता धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन बोलाएको विषयले आज सामाजिक सञ्जाल तातेको थियो भने ब्रोकर हाउसहरुमा पनि यिनै विषयले स्थान पाएको सुनिन्थ्यो ।  

यसै सिलसिलामा आज हामी सबै भन्दा पहिले ११ बज्दा नबज्दै अनामनगरमा नै रहेको कालीका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) मा पुग्यौैं । बिहानको सुरुवाती कारोबारमा ब्रोकरमा लगानीकर्ता आउने क्रम जारी थियो । बजार सामान्य अंकले तल–माथि गर्दै थियो । यतिकैमा एक लगानीकर्ता नमस्कार है ! साथिहरु भन्दै ब्रोकर हाउसमा प्रबेश गरे । ‘आज त राजा आउने रे ! बजार के हुन्छ ?’ उनको प्रश्न भूइँमा खस्न नपाउदै एक लगानीकर्ताले जवाफ दिए ‘हामी पनि राजै त हो नि ! कसैको त ज्वाइँ राजा हो ।’ उनको यस्तो उत्तर सुनेर ब्रोकरहाउसमा लगानीकर्ताहरुको हासोको फोहोरा छुट्यो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ब्रोकर हाउसमा केही लगानीकर्ता गित सुन्दै थिए भने केही बजार हेर्न मस्त देखिन्थे । यतिकैमा एक लगानीकर्ताले मुख खोले, ‘मलाइ त आईपीओ नै परेन साथिहरु के गर्ने हो ?’ उनीसँगै बसेका लगानीकर्ताले उत्तर दिँदै भने, ‘मलाइ पनि त्यस्तै छ ।’ अर्का एक लगानीकर्ताले डिस्प्ले हेर्दै भने, ‘लौ ! भूगोल इनर्जीमा सर्किट लगाए साथिहरु ! त्यस्तो के छ यसमा ?’ उनीसँगै बसेका लगानीकर्ताले खेलाडीका कारण यस्तो भएको बताए ।  

यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले आज बजार राजनीतिक कारणले नै घटेको चर्चा गरे । केहीले एचआरएल र एनआरआसीमा नाफा बुक चलेको प्रतिक्रिया दिए । केही लगानीकर्ताहरुले अब एचडीएल कम्पनी चल्ने पनि प्रतिक्रिया दिए । यसबेलासम्म दिनको १२ बजिसकेको थियो ।  

यहाँबाट हामी नजिकै रहेको इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा पुग्यो । यस ब्रोकरमा पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । यतिकैमा एक लगानीकर्ताले अघिल्लो साता धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरुलाई दर्ता गर्न बोलाएको विषयमा असन्तुष्टि व्यक्त गरे । ती लगानीकर्ताले भने, ‘नेपाल राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्तालाई क्याप लगायो । धितोपत्र बोर्डले सँस्थागत लगानीकर्ताहरुलाई संकुचित गर्न खोज्यो ।’ बल्ल–बल्ल बामे सर्दै गरेको बजारमा नियामकहरुले नीतिगत अस्थिरतातर्फ धकेलेको ती लगानीकर्ताले आरोप लगाए । यो ब्रोकरमा पनि केही लगानीकर्ताहरु राजावादीको प्रदर्शन विषयमा चर्चा गर्दै थिए । ब्रोकर हाउसमा चियाको चुस्कि लिँदै केही लगानीकर्ताले राजाले फेरी मध्यरातमा सत्ता लिन सक्ने आँकलन पनि गरे भने केहीले यस्तो अहिले नै सम्भव नभएको तर्क राखे ।  

CG Motors
Garima Development Bank
IME remit

मध्यान्नहको १ बजिसकेको थियो । बजार २८ सयबाट तल कारोबार हुँदै थियो । यहाँबाट हामी नजिकै रहेको दीपशिखा धितोपत्र (स्टक ब्रोकर नम्बर ३८) मा पुग्यौं । यहाँ पनि केही महिला लगानीकर्ताहरु आफ्नै कम्प्युटरमा बजारको अवस्था नियाल्न मस्त देखिन्थे । यतिकैमा एक महिला लगानीकर्ताले अघिल्लो साता ग्रिन डेभलपमेन्ट बैंकको   सेयर नाफामा बेचेर पोखरा घुम्न गएको बताइन् ।  

उनीसँगै बसेकी अर्की महिला लगानीकर्ताले पनि घुम्न जाने योजना बनाएको बताउदै नेपाल रिपब्लिक मिडियोको सेयर प्रतिकित्ता ५२५ मा उठाएको बताइन् । ब्रोकर हाउसमा यस्तै गल्फिति चल्दै थिए ।  

यहाँबाट हामी अनामनगरमा नै रहेको भोले गणेष सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिती राम्रै थियो । यसबेलासम्म दिनको २ बजिसकेको थियो । बजार एकहोरो घटिरहेको थियो । यस ब्रोकरमा भेटिएका लगानीकर्ताहरुमा आज घटेको बजारप्रति अन्यौलता रहेको देखन्थ्यो । बजारको घट्ने क्रम जारी नै थियो । यससँगै यो साताको लागि हामीले ग्राउण्ड जिरोलाई बिट मार्ने निधो गर्यौं ।  

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.