बुधबार, चैत्र २०,२०८१ 12:58:08
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:08
IME remit
Global IME Bank Limited

किनेको भन्दा बेचेको स्टक बढेकोप्रति लगानीकर्ताको चिन्ता, भन्छन् ‘बजार बढे पनि साँवा अझै उठेन’

Hyundai Nepal
किनेको भन्दा बेचेको स्टक बढेकोप्रति लगानीकर्ताको चिन्ता, भन्छन् ‘बजार बढे पनि साँवा अझै उठेन’
Nabil Bank Limited

काठमाण्डौ । ग्रासरुट तहदेखि पूँजी बजारका लगानीकर्ताको कथा–व्यथा समेट्ने नियमिति साप्ताहिक स्तम्भ ग्राउण्ड जिरोलाई आज पनि पकिस्दै छौं । ग्राउण्ड जिरोलाई निरन्तरता दिने क्रममा आज हामी कमलादी आसपासका ब्रोकरहाउस धाएका थियौं ।  

हामीले कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) यसको थालनी गरेका थियौं । आजको प्रि–ओपन सेशनमा नेप्से परिसूचक १६ अंकले बढेको थियो । ११ बजे नियमित कारोबार खुलेसँगै बजार केही मिनेट बढेको थियो भने त्यपछि घट्ने/बढ्ने क्रममा  जारी रह्यो । हामी यो ब्रोकर हाउसमा पुग्दा लगानीकर्ताले भेला भईसकेका थिए । कोही कारोबार गर्न, कोही लगानीको रणनीति बनाउन त कोही कारोबारको उपयुक्त समयको पर्खाइमा थिए ।  

Shivam Cement
Bizshala
CG Motors

यहाँ भेटिएका एक लगानीकर्ताले आफू हिमालयन रि इन्स्योरेन्सको सेयर किन्न आएको बताए । उनले यसो भन्दै गर्दा उनीसँगै बसेका लगानीकर्ताले उनलाई रोक्दै भने, ‘ एकछिन पर्खनुस् । प्राविधिक विश्लेषकहरुले बजारमा  करेक्नस आउन सक्ने भनेका छन् रे, त्यसैले केही बेर हेरौ न । अन्त्यसम्म बजारले कस्तो रुप लिन्छ ?’ उनले यस्तो भनेपछि सेयर किन्न ठिक्क परेका लगानीकर्ताले आफ्नो निर्णय परिवर्तन गरे ।  

यसै ब्रोकरमा भेटिएकी महिला लगानीकर्ता पनि आजको बजारको विषयमा केही दुविधा रहेको बताइन् । उनलाई एक पुरुष लगानीकर्ताले सेयर बजारमा बढ्दा बेच्ने र घट्दा किन्ने सामान्य नियम भएकाले दुविधामा नपर्न सल्लाह दिएको सुनियो ।  

यस्तै एक अन्य लगानीकर्ता भने सरकारको नीतिमा कुनै परिवर्तन नभएको कारण बजार घटिहाले पनि त्यो करेक्नस मात्रै हुने भन्दै त्यहाँ उपस्थित अन्य लगानीकर्तालाई सान्तवना दिदैं थिए । ‘अझै पनि बजारमा बैंकिङ र इन्स्योरेन्स क्षेत्र बढ्न बाँकी छन् । बजार केही घटेपनि त्यो सामान्य करेक्सन मात्रै हुनेछ,’ उनले बजार घटेर आत्तिएका लगानीकर्तालाई सान्त पार्न खोजे ।  

केही समयको बसाई पछि हामी मल्ल एण्ड मल्ल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ११) तर्फ लाग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । बजार सामान्य अंकले बढेको थियो । ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरु बजारप्रति सकरात्मक नै रहेको सुनिन्थ्यो । एक लगानीकर्ता भने बजार जति बढे पनि आफ्नो  साँवा अझै नउठेको गुनासो गर्दै थिए । ‘अघिल्लो बुलमा २५ सय माथि किनेको एउटा माइक्रो फाइनान्समा अझै प्रतिकित्ता एक हजार नोक्सान छ । बजार बढ्यो भनेर के गर्नु आफ्नो त अझै घाटामै छु,’ उनले आफ्नो पिडा पोखे ।  

ब्रोकर हाउसमा यस्ता वार्तालापको सिलसिला चल्दै थियो । बजार पनि आफ्नो गतिमा तलमाथि गर्दै थियो । हामी भने श्रीहरि  सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५६) तर्फ लम्कियौं । यहाँ पनि लगानीकर्ताको कमी थिएन । यहाँ भेटिएका लगानीकर्ताले २ दिन परेको सार्वजनिक बिदाका कारण बजारमा सुस्तता आउन सक्ने लख काट्दै थिए । यसै मध्येबाट एक जनाले उपत्यका मात्रै बिदा हुँदा सेयर बजार बन्द गर्न आवश्यक नरहेको तर्क राखे । ‘सेयर बजार बन्द हुँदा हामीलाई त दिन काट्नै गाह्रो हुन्छ,’ उनले भने ।  

यस बेलासम्म दिनको २ बज्दै थियो । ‘धितोपत्र बोर्डले ब्रोकरहरुको हिसाब मागेको छ रे । अब ब्रोकरहरुले पहिले जस्तो लिमिट दिदैन जस्तो छ, एक जना लगानीकर्ताले भिडबाट बोलेको सुनियो । उनको भनाईप्रति प्रतिक्रिया जनाउँदै अर्का लगानीकर्ताले भने, ‘ब्रोकरले लिमिट ग्राहक हेरेर दिने हो । राम्रा ग्राहकलाई लिमिट रोकिदैन ।’  

केही समयको यहाँ व्यतित गरेपछि हामीले नयाँ गन्तव्यको रुपमा नक्सालमा नै रहेको नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) लाई रोज्यौ । हामी यहाँ पुग्दासम्म दिनको २ बजि सेकेको थियो । बजारमा केही बिक्री दवाब पर्दै थियो । ‘लौ एनएफएसमा आजपनि खरिदकर्ता छैनन् खेलाडी निस्के जस्ता छन्,’ नेपाल फाइनान्सलाई लक्षित गर्दै एक लगानीकर्ता भने ।  

यो ब्रोकरमा केही लगानीकर्ता प्राविधिक चार्ट हेरेर कारोबार गर्दै थिए । लगानीकर्ताको भिडबाट एकजनाले अब बजारले ३०४५ को विन्दुमा प्रतिरोधको सामना गर्ने दाबी गरे । बजारले अन्तिम समयमा बिक्री दबावको सामना गर्दै छ । आजलाई खारिद रोक्नुपर्ला जस्तो छ साथिहरु,’ उनले भने । छेउमै बसेका एक लगानीकर्ताले जवाफ दिए, ‘खै सेयर बजारमा कारोबार गर्न नै जानिएन बेचेको ५० बढ्छ किनेको जम्मा १० रुपैयाँ मात्रै बढ्छ ।’  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.