मंगलवार, आश्विन १३,२०८३ 06:20:02
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:20:02
Bizshala
Global IME Bank Limited

झरीको पर्वाह नगरी ब्रोकर हाउसमा ग्राउण्ड जिरोका लगानीकर्ता, मौद्रिक नीति र माइक्रोफाइनान्सको चर्चा

Bizshala
झरीको पर्वाह नगरी ब्रोकर हाउसमा ग्राउण्ड जिरोका लगानीकर्ता, मौद्रिक नीति र माइक्रोफाइनान्सको चर्चा
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन विभिन्नि ब्रोकर हाउस पुगेर लगानीकर्ताको वस्तुस्थिती बुझ्ने स्तम्भ‘ग्राउण्ड जिरो’लाई यो साता पनि निरन्तरता दिएका छौं । यस क्रममा आज हामी राजधानीका विभिन्न ब्रोकर हाउसहरुमा पुगेका छौं । सर्वप्रथम हामी कमलादीमा रहेको कोहिनुर सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३५)मा पुग्यौं ।  

आज पनि राजधानीमा दिनभरजसो वर्षा भईरहेको थियो । लगानीकर्ताहरु झरीको बेवास्ता गर्दै ब्रोकर हाउसहरुमा पुगेका भेटिन्थे । बिहानी सुरुवाति सत्रमा बजार सामान्य अंकले बढेको थियो । लगानीकर्ता बजारको विश्लेषण गर्नमा व्यवस्त देखिन्थे । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अविरल वर्षाका कारण आईरहेको बाढी पहिरोले  हाईड्रो कम्पनीहरुको सेयरमूल्य बढ्न नसकिरहेको बताए । ‘बजार बुल हुन त दिनुस् अहिले जुन–जुन पहिरोले लान्छ त्यहि–त्यहि कम्पनीमा पछि. सर्किट लाग्छ,’ सँगैका एक लगानीकर्ताले भने । यस्तै केही लगानीकर्ताहरु भने साउन लागेपछि बजार राम्रै अंकले बढ्ने लख काट्दै थिए ।  

केही समयको बसाई पछि हामी कमलादीमै रहेको मल्ल एण्ड मल्ल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ११) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । ब्रोकर हाउसको भित्तामा झुण्डिएको घडिको सुईले १२ बजेको संकेत गर्दै थियो । बजारमा सामान्य अंकको बढोत्तरीसँगै करिब एक अर्बको कारोबार हुँदै थियो । यहाँ भेटिएका लगानीकर्ताहरु आगामी म्रौद्रिक नीतिको विषयमा समेत चर्चा गर्दै थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यहाँ भेटिएका एक लगानीकर्ताले भने, ‘मौद्रिक नीति केही लचक आउने भन्ने त बजारमा सुन्नमा आएको छ । जोखिमभार ५ करोड सम्मलाई एक सय भए पनि गरिदिए हुने थियो । त्यसो भएमा त बैंक पनि बढ्ने थिए । बजार पनि दिगो हुने थियो ।’ त्यहि रहेका अर्का लगानीकर्ता बोले,‘सरकारको समीकरण पनि फेरिएको छ । गभर्नर जाने बेला पनि भएको छ । केही आशा गरौं, धेरै भर भने नपरौें ।’

हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको पछिल्लो अवस्थाको विषयमा छलफल गर्यौं । ब्रोकर सञ्चालकले अहिले बजारको अवस्था तरलताको अभावका कारण नभई लगानीकर्ताहरुको मनबोलको कमीका कारण भएको बताए । ‘पैसा धेरैै भएर राष्ट्र बैंकले पैसा तानेको तान्यै छ । सरकार परिवर्तनले बढेको बजार दिगो हुँदैन । सरकारले काम नै गर्नु पर्छ । सरकारले भाषण मात्रै गरेर भएन सेयर बजारबाहेक अन्य क्षेत्र पनि चलयमान भए बजार दिगो बन्छ,’ब्रोकर सञ्चालकले भने ।    

अब हामी बानेश्वरमा रहेको कलस सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ७४) तर्फ लम्कियौं । यस बेलासम्म दिनको १ बजिसकेको थियो । बजार भने करिब २५ अंकले बढेको थियो । यस ब्रोकरमा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । यो ब्रोकर भेटिएका एक लगानीकर्ता नयाँ सत्ता समीकरणका कारण बजारको बढाई दिगो नहुने बताए । ‘बजार बढ्ने एक–दुई दिन मात्रै हो । बजार दिगो हुनलाई नीतिमा नै सुधार हुन पर्छ । यसका लागि राष्ट्र बैंकले नीतिमा सुधार गर्नु पर्छ,’ उनले भने ।  

‘सिमेन्ट कम्पनी किनेको पानी परेर डल्लो पर्यो । हाइड्रो पनि त्यस्तै भयो । लौन, साथीहरु बजार बढे पनि हाम्रा कम्पनी बढेनन् कसो गर्ने होला ?,’ एक लगानीकर्ताले ठट्यौरी  पारामा भने । उनलाई जवाफ दिदैं अर्का लगानीकर्ताले भने, ‘अझै पनि लो क्याप भएका विकास बैंक नै ठीक होला । म त त्यस्तै कम्पनीमा छु  ।’ ब्रोकर हाउसमा लगानीकर्ताहरु बीच यस्तै गल्फति चल्दै थियो ।  

यहाँबाट हामी नागरिक स्टक डिलर (स्टक ब्रोकर नम्बर ६०) मा पुग्यौं । यस ब्रोकरमा केही महिला लगानीकर्ता पनि भेटिए । यहाँ भेटिएका अधिकांश लगानीकर्ता माइक्रो फाइनान्सको चर्चा गर्दै थिए । एक लगानीकर्ता भन्दै थिए, ‘यो फर्वार्ड माइक्रो फाइनान्स आज चम्केको छ । के हो कारण ? उनी सँगै बसेका लगानीकर्ताले भने, ‘यो त अझै चम्कन्छ । यो कम्पनीकि एक जना संस्थापक सेयरधनी सांसद र मन्त्री भएपछि कम्पनी केहि पछि परेको थियो ।’

यसबेला सम्म भित्ताको घडिमा २ बजिसकेको थियो । बजार करिब २५ अंकले बढेको थियो । ब्रोकर हाउसमा कारोबारसँगै बजार बढिरहेकोमा लगानीकर्ता दंग देखिन्थे ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.