सोमबार, कार्तिक १६,२०८३ 06:57:02
  • सोमबार, कार्तिक १६,२०८३ 06:57:02
Global IME Bank Limited

ब्रोकर हाउसमा सरकारविरुद्ध गुनासो, लगानीकर्ताको प्रश्न, ‘५ वर्ष चल्ने भनेको सरकार बजारचाहिँ किन घट्यो ?'

Bizshala
ब्रोकर हाउसमा सरकारविरुद्ध गुनासो, लगानीकर्ताको प्रश्न, ‘५ वर्ष चल्ने भनेको सरकार बजारचाहिँ किन घट्यो ?'
New Office

–रविन ठकुरी 

 

काठमाण्डौ । दशैं बिदापछि खुलेको सेयरबजारमा पहिलो साता उत्साह देखिए पनि दोस्रो साताको सुरुवात भने कमजोर बनेको छ ।

विस्तारै लगानीकर्ताको मनोबल बलियो हुँदै गइरहेको अवस्थामा राजनीतिक प्रोपागाण्डाहरुले लगानीकर्ताको मनोबलमा फेरी धक्का पुग्न थालेको छ । पूँजीबजार सुधारका निमित्त विभिन्न खालका नीति नियमहरु बनेपछि कार्यान्वयन पक्षमा अझै अन्योलता देखिएका कारण लगानीकर्ताहरुले ढुक्कसँग लगानी गर्ने वातावरण सिर्जना भइनसकेको अवस्था छ ।  

बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ का क्रममा सोमबार विभिन्न ब्रोकर हाउस पुग्दा कतै लगानीकर्ताको बाक्लो उपस्थिति थियो भने कतै कारोबार चलिरहेको स्क्रिनमात्रै देखिन्थ्यो ।  

उपस्थित लगानीकर्तामध्ये धेरैको बहस बजारभन्दा बढी सरकारको गतिविधि र राजनीतिक परिस्थितितर्फ केन्द्रित देखियो ।

कतिपय लगानीकर्ताले सरकारबाट बजारमैत्री वातावरण बन्ने अपेक्षा गरे पनि पछिल्ला गतिविधिले उल्टै मनोबल कमजोर बनाएको धारणा राखेका  छन् ।

यसपटक ग्राउण्ड जिरो रिर्पोटिङका लागि हामी अनामनगरस्थित ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिज, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज, ब्रोकर नम्बर ५७ को आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज, ब्रोकर नम्बर ७९ को पाही इन्भेष्टमेन्ट र नक्सालस्थित ब्रोकर नम्बर ४२ को सनी सेक्युरिटिजमा पुगेका थियौं ।  

सेयरसँगै एनपीएलको रौनक ब्रोकर हाउसमा क्रिकेटको गफ

सबैभन्दा पहिले हामी अनामनगरस्थित प्रिमियर सेक्युरिटिज पुग्यौं । त्यहाँ लगानीकर्ताको बाक्लो उपस्थिति थियो ।

तर उनीहरूको ध्यान सेयर बजारमा मात्रै सीमित थिएन। नेपालमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चा पनि उत्तिकै थियो । कर्णाली र काठमाण्डौबीचको खेलदेखि खेलाडीको प्रदर्शनसम्म ब्रोकर हाउसमा बहस चलिरहेको थियो ।

एक लगानीकर्ता भन्दै थिए, ‘सन्दीप लामिछानेको बलिङ राम्रो छ तर ब्याटिङ राम्रो छैन ।’

उनको कुरा नसकिँदै अर्काले प्रतिवाद गरे, ‘बलरको काम बलिङ गर्ने हो ब्याटिङ होइन। रन हानेन भनेर रिसाउनु पर्दैन ।’

अर्का लगानीकर्ताले सोमपाल कामीको चर्चा गर्दै भने, ‘सोमपाल त अलराउन्डर रहेछन् । सबैको ब्याटिङ र बलिङ दुवै हुँदैन रहेछ ।’

केहीबेर क्रिकेटमय बनेको ब्रोकर हाउसको माहोल विस्तारै पुनः सेयर बजारतर्फ फर्कियो ।

बजारको गिरावटसँगै लगानीकर्ताबीच खरिदबिक्रीको रणनीतिबारे बहस सुरु भयो । एक लगानीकर्ताले भने, ‘अस्ति बजारले २७ सय छोयो । बजार घट्यो भने नबढेका कम्पनी पनि बढ्न सक्छन् ।’

अर्का लगानीकर्ता एनएमबि बैंक र निफ्राको चर्चा गर्दै थिए । उनले भने, ‘एनएमबि २८० पुग्यो । निफ्रा अब बढ्ने हो कि होइन ? कारोबार नै के गर्नु ?’

त्यही भीडमा रहेका अर्का लगानीकर्ताको तर्क भने फरक थियो । उनले भने, ‘बजार बढेको बेला नबेच्ने अनि घटेको बेला किन बेच्ने ?’

यसले ब्रोकर हाउसमा रहेका लगानीकर्ताबीच तत्काल बजारबाट बाहिरिनेभन्दा बजारको आगामी दिशा हेरेर बस्ने मनोविज्ञान पनि रहेको देखिन्थ्यो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भिजनमा सुनसान आर्यतारामा भीड

त्यसपछि हामी अनामनगरकै ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज पुग्यौं । यहाँ भने दृश्य ठीक उल्टो थियो ।

लगानीकर्ताको उपस्थिति निकै न्यून थियो । उपस्थित लगानीकर्तामा समेत बजारबारे खासै बहस वा उत्साह देखिएन ।

त्यसपछि पुगेको आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजमा भने लगानीकर्ताको बाक्लो उपस्थिति थियो । यहाँ लगानीकर्ता बजारको उतारचढाव नियाल्दै कारोबार र आगामी सम्भावनाबारे छलफल गरिरहेका थिए ।

पाहीमा लगानीकर्ता शून्य स्क्रिनमा मात्रै कारोबार

अनामनगरस्थित पाही इन्भेष्टमेन्ट पुग्दा भने ब्रोकर हाउसमा लगानीकर्ता देखिएनन् ।

कारोबार चलिरहेको थियो । स्क्रिनमा सेयरका मूल्य माथि–तल भइरहेका थिए । तर त्यसलाई प्रत्यक्ष हेरेर छलफल गर्ने लगानीकर्ताको उपस्थिति शून्य थियो ।

यसले पछिल्लो समय अनलाइन कारोबार बढ्दै जाँदा केही ब्रोकर हाउसमा भौतिक रूपमा उपस्थित भएर कारोबार हेर्ने लगानीकर्ताको संख्या घटिरहेको दृश्यसमेत देखायो ।

Garima Development Bank
Bizshala
IME remit

‘५ वर्ष चल्ने सरकार भनेको बजार त घट्यो !’

अन्तिममा हामी नक्सालस्थित सानी सेक्युरिटिज पुग्यौं । यहाँ लगानीकर्ताको मध्यम उपस्थिति थियो ।

तर उनीहरूको बहस कम्पनीको वित्तीय अवस्था वा प्राविधिक विश्लेषणभन्दा बढी राजनीतितर्फ मोडिएको थियो।

एक लगानीकर्ता सरकारप्रति असन्तुष्टि पोख्दै भन्दै थिए, ‘सरकार अब के हुन्छ ? पाँच वर्ष जाँदैन होला  । सरकारले सेयर बजारलाई माथि तान्नुपर्ने हो तर के ग¥या होला ? पहिले पाँच वर्ष ढुक्कले सरकार चल्छ अनि बजार बढ्छ भनेको। अहिले खै के भयो ? बजार नै घट्यो ।’

अर्का लगानीकर्ता पनि पछिल्लो राजनीतिक गतिविधिले बजारको मनोबलमा प्रभाव पारेको धारणा राखिरहेका थिए ।

दशैंपछि पहिलो साता बजारले देखाएको सुधारले लगानीकर्तामा केही आशा जगाएको थियो । तर दोस्रो साताको पहिलो दिनमै आएको दोहोरो अंकको गिरावटपछि ब्रोकर हाउसमा फेरि सतर्कता बढेको देखियो ।

ग्राउण्ड जिरोमा देखिएको समग्र दृश्यले लगानीकर्ता बजारबाट पूर्णतः निराश भइसकेका छैनन् तर तत्काल ठूलो जोखिम लिएर आक्रामक कारोबार गर्ने मुडमा पनि देखिँदैनन्। बजारको आगामी यात्रामा कम्पनीका आधारभूत पक्षसँगै सरकारका गतिविधि र राजनीतिक वातावरणसमेत लगानीकर्ताले नजिकबाट नियालिरहेका छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.