बुधबार, चैत्र २०,२०८१ 12:51:02
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:51:02
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरो: धितोपत्र बोर्डको अध्यक्षको विषयले प्रधानमन्त्रीको कुर्ची नै संकटमा

Hyundai Nepal
ग्राउण्ड जिरो: धितोपत्र बोर्डको अध्यक्षको विषयले प्रधानमन्त्रीको कुर्ची नै संकटमा
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो दिन विभिन्न ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताकहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई आज पनि हामीले निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले अनामनगरका केही ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताहरुको विचार र ब्रोकरहरुको वस्तुस्थिति बुझ्ने प्रयास गरेका छौं । आज राजधानीको तापक्रम बढेको थियो । केही ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थित शुन्य थियो भने केही ब्रोकरमा लगानीकर्ताको उपस्थिति ठीकठाक नै थियो ।  

सर्वप्रथम हामी भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) पुगेका थियौं । यस ब्रोकरमा लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । बिहानको सुरुवाति समय भएकाले लगानीकर्ताको आउने क्रम जारी थियो । कोही सिटमा बसेर र कोही भने उभिएरै भएपनि बजारको अवस्था नियालिरहेका थिए ।  

हैन यो कुथेली बुखरी हाइड्रोपावर त ६० रुपैयाँले बढी सक्यो त ?’ एक लगानीकर्ताले भनेको सुनियो ।  उनको छेउमै बसेका लगानीकर्ताले भने,‘के हुनु र अघिल्लो साता बढाउनु बढाए अब बेच्ने खेल त होला ।’ यसै ब्रोकरमा अर्का एक लगानीकर्ता शाइन रेशुङ्गा विकास बैंकको सेयर किनेर राखेको तर बढ्नै नसकेका भन्दै गुनासो गर्दै गरेको भेटिए । केही लगानीकर्ताले भने अब लो क्याप भएका हाइड्रो कम्पनीहरु चल्ने चर्चा गर्दै गरेको सुनियो ।  

Shivam Cement
Bizshala
CG Motors

भिजन सेक्युरिटीको केहि समयको बसाई पछि हामी अनामनगरमा नै रहेको प्रिमियर सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३२) तर्फ लम्कियौं । यस बेलासम्म दिनको १२ बजी सेकेको थियो । बजारमा समान्य अंकले उतारचढाव आएको थियो । लगानीकर्ताहरु आ–आफ्नो सेयर कारोबारमा व्यस्त थिए । यतिकैमा एक लगानीकर्ताले मोबाइल फोनमा समाचार देखाउँदै भने, ‘ए साथीहरु धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ जनाको व्यवसायिक कार्यपत्र प्रस्तुतिकरण थियो । ३ जनाले त बहिष्कार गरेको खबर आको छ । के हुन्छ अब ?’ उनको प्रश्नको जवाफ दिदै एक लगानीकर्ताले मुख खोले,‘राजनीतिक खेल हो, जे पनि हुन सक्छ । ओलीले आफ्नै मान्छे हुनुपर्ने अडान राखेका छन् रे । बुधबारसम्म आफ्नो मान्छे धितोपत्र बोर्डको अध्यक्ष नभए सत्ता नै फेरिन सक्ने चेतावनी पनि दिएको भन्ने सुनिन्छ ।’

वार्तालापमा जोडिदै अर्का एक लगानीकर्ताले आफ्नो विचार पोखे, ‘सेबोन त अहिले नयाँ भन्सार भाको छ नि ! पैसा त्यँही कुम्लाउन पाइन्छ अनि हुन्न त लडाई ? अब त अध्यक्ष आउँछन भनेको फेरी जालझेल हुन थाल्यो ।’ यसै ब्रोकरमा एक लगानीकर्ताले निराश हुँदै भने,‘मैल त केही सेयर कर्जा पनि लिएर लगानी गरेको छु । बजारको अवस्था देख्दा त साह्रै पीडा हुन्छ ।’

ब्रोकर हाउसमा यस्तै वार्तालाप चल्दै थियो । घडीमा दिनको १ बजेको थियो । बजारमा विस्तारै बिक्री दबाव देखिदै थियो ।  

हामी भने अब अर्को गन्तव्य दीपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) तर्फ लाग्यौं । यहाँ लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । लगानीकर्ताहरु आ–आफ्नै धुनमा मग्न थिए । केही लगानीकर्ता मध्य दिनको गर्मीले मस्त निन्द्रामा थिए । यहाँ भेटिएका अधिकांश लगानीकर्ताहरु पनि लो क्याप भएका विकास बैंक र हाईड्रो कम्पनी चल्ने चर्चा गर्दै थिए । ‘मलाई त एक जना साथीले एउटा ठूलै ब्रोकरबाट अब लघुवित्त बेचेर लो क्याप भएको कर्णाली विकास बैंक चलाँउदै छन् भन्ने जानकारी पाएको बताएका छन् ।’ एक लगानीकर्ताले बोलेको सुनियो । उनीतर्फ फर्कदै लगकानीकर्ताले चेतावनीपूर्ण लवजमा भने, ‘विचार गर्नु खेलाडीको सेयरमा निस्कन सकिएन भने मेरै जस्तै हालत होला नि फेरी  । म फाइनान्समा फसेको फस्यै छु ।’ ब्रोकर हाउसमा यस्तै गल्फिति चल्दै थिए । भित्ताको घडिमा २ बज्दै थियो ।  

केही समयको यहाँ व्यतित गरेपछि हामी कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६) मा पग्यौं । यस बेलासम्म पनि  बजारमा बिक्री दबाव कायमै थियो । बजार बिस्तारै तल खस्दै थियो । खस्कदो बजारप्रति इंगित गर्दै एक जना लगानीकर्ताले भनेको सुनियो, ‘कुन पापीको अाँखा लाग्यो, सेयर बजार त कहिल्यै नबढ्ने भयो त ।’  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.