मंगलवार, आश्विन १३,२०८३ 06:18:59
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:18:59
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरो: ब्रोकरहाउसमा १५ मिनेटको चर्चा, लगानीकर्ता भन्छन् ‘हटाए बजार बढ्छ’

Bizshala
ग्राउण्ड जिरो: ब्रोकरहाउसमा १५ मिनेटको चर्चा, लगानीकर्ता भन्छन् ‘हटाए बजार बढ्छ’
New Office

काठमाण्डौ । प्रत्येक साताको आइतबार पस्किदै आएको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई हामीले आजपनि निरन्तरता दिएका छौं । ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालको बिचार बुझ्ने क्रममा आज हामी ज्ञानेश्वर तथा अनामनगर  आसपासका केही ब्रोकर हाउसहरुमा पुग्यौं । सबै भन्दा पहिले आज हामी ज्ञानेश्वरमा रहेको सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुगेका थियो ।

हामी यहाँ पुग्दा ब्रोकर हाउसमा लगानीकर्ताहरु आउने क्रम जारी थियो । पहिले नै आएका लगानीकर्ताहरु गफगाफमा व्यस्त देखिन्थे । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले निफ्राले नगद लाभांश घोषणा गरेर राम्रो गरेको प्रतिक्रिया दिए । उनले थप्दै भने, ‘नगद लाभांशले लगानीकर्ताहरुको हातमा पैसा जान्छ । दशैं खर्च पनि टर्छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज बिहान पहिलो प्रहरमा बजारमा सामान्य अंकको स्ुधार आएको थियो । ब्रोकरहाउसको डिस्प्ले बोर्ड हेर्दै एक लगानीकर्ताले भने  ‘यो बजार निकै अल्छि लाग्दो भयो । कि राम्रै अंकले घटोस् कि त राम्रै अंकले बढोस् । त्यसो भए गुमाउनेले पनि गुमाउँथ्यो । कमाउनेले पनि राम्रै कमाउँथ्यो ।’

उनी सँगै बसेका लगानीकर्ताले भने, ‘बजारमा माहौल त सूचक बढे पछि नै आउने हो । किनकी बजार बढे पछि नै लगानीकर्ताहरुको मनोबल बढ्छ ।’ यसै ब्रोकरमा भेटिएका अर्का एक लगानीकर्ताले बजार घटाउन बीबीसी कम्पनीको सेयरमा चलखेल भएको आरोप लगाए । उनले थप्दै भने ‘ दशैं तिहार अगाडी बजारमा एउटा स्वीङ आउनै पर्छ । अहिले बजारमा सेयरको मुल्य १८ सयकै हाराहारीमा रहेको छ । अब बजार बढे त ३२ सय माथि नै जान्छ ।’  

ब्रोकर हाउसमा यस्तै अड्कलबाजी चल्दै थिए । बजार निकै सुस्त गतिमा चल्दै थियो । केही समयको बसाई पछि हामी त्यहाँबाट नजिकै रहेको नयाँ सेक्युरिटिज स्टक्सकार्ट सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ८६) मा पुग्यौं । यसबेलासम्म दिनको १२ बजिसकेको थियो । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य थियो ।  

बजार केही अंकले सकारात्मक हुँदै थियो । यतिकैमा एकले भने, ‘बजारले त दशैं खर्च निकाल्न देला जस्तो छैन । माथि जान्छ भन्यो, झन् तल–तल झर्छ, के भएको यो बजार ?’ उनी सँगै बसेका एक लगानीकर्ताले भने, ‘यो सेयर बजार निकै बेइमानी छ । चल्न नजाने ब्रोकरसँगको सम्बन्ध नै बिगार्छ,’ उनले थप्दै भने, ‘बजार बढ्दा बेच्ने र घट्दा किन्नेले नै रहेछ कमाउने ।’  

मध्यान्हमा बढेको बजार एक बजेपछि बिस्तारै खस्दै थियो । यतिकैमा एक लगानीकर्ताले सोधे, होइन ए ! साथीहरु भोलीबाट सोह्र श्राद्ध लाग्दै छ । मारवाडी समूदायले सेयर किन्दैन हो ?’ उनी सँगै बसेका लगानीर्ता भने ‘ हो, नयाँ पैसा त आउँदैन होला । टे«ड टावर के भयो ए साथीहरु ? विशाल बजार हुन्छ भनेर खेलाडीहरुले हजार माथि निकै बेचे । मैले पनि एकपटक स्टप लस त हाने नि !’ उनको कुरा सुनेपछि ब्रोकर हाउसमा हाँसो गुञ्जियो ।  

केही समयको बसाईपछि हामी नजिकै रहेको नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) मा पुग्यौं । यस ब्रोकरमा पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । बजार जम्मा ६ अंकले बढेको थियो । एक लगानीकर्ताले आज बजार बढे भोलिबाट बजारमा सुधार हुने विश्वास व्यक्त गरे । उनको बोलिमा सहमति जनाउँदै सँगै बसेका लगानीकर्ताले भने, ‘आज हरियो भयो भने बजारको ट्रेन्ड नै परिवर्तन हुन्छ । धेरै दिन भयो बजार आइतबार घटेको ।’

बजार निकै सुस्त गतिमा अघि बढिरहेको थियो । लगानीकर्ताहरु हाई काढ्दै बसेका देखिन्थे । एक जना लगानीकर्ताले बेचेपछि सेयरको मूल्य बढ्ने र किनेपछि घट्ने गरेको गुनासो गरे । उनीसँगै बसेका एक लगानीकर्ताले जबाफ दिँदै भने, ‘तपाईको टाईमिङ नमिलेर हो ।’  

केही समयको बसाईपछि हामी अनामनगरमा रहेको आर्यतारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५७) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । यस ब्रोकरमा पनि केही लगानीकर्ताहरु बजार घटेकोमा बजार समीक्षा गरेरे बसेको देखिए । यतिकैमा एक लगानीकर्ताले सोधे, ‘होइन ए ! साथीहरु यो १५ मिनेटको विषय के हो ? के यहि कारणले हो बजार घटेको ?’  

‘लगानीकर्ताहरुको मनोबिज्ञानको परिणाम हो । धितोपत्र बोर्डले यस विषयमा अध्ययन गर्दै छ । खारेज हुन्छ होला,’ उनको नजिकै बसेका लगानीकर्ताले जवाफ दिए ।  

ब्रोकर सञ्चालक समेत वार्तालापमा सरिक भए । ‘आज बजार हरियो भएकाले साथीहरु टन्नै आउनु भएछ ।’ उनलाइ जबाफ दिंदै एक लगानीकर्ताले भने, ‘रातो हेर्न कसलाई पो इच्छा हुन्छ र ? सबैलाई हरियो हेर्न नै मन पर्छ नि !’

उनको यस्तो जवाफ सुनेपछि सञ्चालकले भने, ‘तर अब चिन्ता नगर्नुहोस । मैले सुनेको सत्य भए १५ मिनेट छिट्टै खारेज हुन्छ । यसले मनोवैज्ञानिक प्रभाव पारेको छ । यतिकैमा एक लगानीकर्ताले सहमति जनाउँदै भने, ‘हो सेयर बजारमा यो १५ मिनेट लागू गरेर जोक्कर हटाएर खेलेको खेल जस्तै भयो ।’ उनको यस्तो कुरा सुनेपछि ब्रोकर हाउसमा एकछिन हाँसो छायो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.