आईतवार, फाल्गुन ११,२०८१ 02:43:06
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:43:06
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘अर्थमन्त्री नेप्से पुगेर मात्रै हुँदैन, आफ्नै मन्त्रालयमा अड्केका फाइलको धुँलो पनि झार्नुपर्छ’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘अर्थमन्त्री नेप्से पुगेर मात्रै हुँदैन, आफ्नै मन्त्रालयमा अड्केका फाइलको धुँलो पनि झार्नुपर्छ’
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । पछिल्लो समय बजार केही सुस्ताए पछि लगानीकर्ताहरुको उपस्थिति ब्रोकर हाउसहरुमा कम हुँदै गएको छ ।  

बजार बढ्दा ठूलो संख्यामा ब्रोकर हाउसमा पुग्ने लगानीकर्ताहरु हाल भने खासै देखिदैनन् । आज हामी सबै भन्दा पहिले बानेश्वरस्थित नगारिक स्टक डिलर (स्टक ब्रोकर नम्बर ६०) मा पुगेका थियौं । गत बिहिबारको बिदा पछि आज बजार खुलेको थियो ।  

बिहान पहिलो प्रहरमा बजार करिब ५० अंक भन्दा बढीले बढेको थियो । ब्रोकर हाउसमाको माहोल शान्त थियो । यत्तिकैमा एक गानीकर्ताले भने, ‘आज त बजार सर्किट लाग्छ भनेका थिए । बजार बढ्न त बढ्यो तर अन्तिमसम्म टिक्ला त ?’ ‘अन्तिमसम्म हेर्नु पर्छ, उनीसँगै बसेका लगानीकर्ताले जवाफ दिए ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘बजार बढेर के गुर्न हामी त फाइनान्समा डुबेका छौ । यस्तो बढाईले त ७ दिन बढे पछि मात्रै साँवा आउला,’ एक महिला लगानीकर्ताले भनिन् । ‘घटेको बेलामा किन्नु पर्छ । बढेको बेला खेलाडिको पछि लागेर किने पछि यस्तै हो,’ एक लगानीकर्ताले ती महिला लगानीकर्तालाई जवाफ दिए ।  

यतिकैमा एक लगानीकर्ता नमस्कार है, भन्दै ब्रोकर हाउस पसे । पहिले नै ब्रोकर हाउसमा बसेका लगानीकर्ताले भने, ‘कता हराउनु भयो ? धेरै  दिन पछि देखिनु भयो त ।’ उनले जवाफ फर्काउँदै भने बजार घटेको घट्यै छ । घटेको बजार हेर्न किन आउनु ?’

यसै ब्रोकरमा भेटिएकी एक महिला लगानीकर्ताले भनिन्, ‘एक सय रुपैयाँ फाइदा होला भनेर किनेको फाइनान्स कम्पनी २ सय रुपैयाँले घट्यो ।’ ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । केही लगानीकर्ताले दशैं खर्च उठाउन किनेको सेयरले उल्टै घाटामा रहेको व्यथा पोख्दै थिए । अधिकांश लगानीकर्ता फाइनान्समा राम्रैसँग फसेको व्यथा पोख्दै थिए ।  

केही समयको बसाइ पछि हामी अनामनगरस्थित कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६) मा पुग्यौं । यहाँ पनि पहिलेको तुलनामा लगानीकर्ता कमै देखिन्थे । ‘हाम्रा लगानीकर्ता साथिहरु त ब्रोकरहाउस आउनै छाडे । हामी भने जेनतेन आएका छौ । एकपल्ट ३२ सयमा परियो अर्कोपल्ट ३ हजारमा,’ एक लगानीकर्ताले भनेको सुनियो ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले मारवाडीहरुले बोराका बोरा पैसा सेयर बजारबाट लगेको दाबी गरे ।  । ‘हामी त अब बजार कुरेर बस्ने हो,’ उनले भने । यस बेलासम्म दिनको १२ बजिसेकेको थियो । ठूलो अंकले बढेको बजार सामान्य अंकले मात्रै तल माथि गर्दैै थियो । २ घण्टमा जम्मा साढे २ अर्बबराबरको भोल्युम आएको थियो । यहाँ उपस्थित एक लगानीकर्ताले भने, ‘भोल्युम साह्रै ड्राइ अप भएको छ । बजार कि माथि लाग्छ कि निकै तल जान्छ ।’ उनी संगै बसेका लगानीकर्ताले भने, ‘तल जाने चान्स त कम छ । बजारले केही दिनमा फरि गति लिन्छ ।’

बजार सामान्य अंकले तल माथि गर्दै थियो । केही लगानीकर्ताले आजको बजार तल जाने तर्क गर्दै थिए । केहीले भने आज धानिएर बन्द भएमा भोलिबाट गति लिने तर्क गर्दै थिए ।  

यहाँबाट हामी नजिकै रहेको इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थित सामान्य नै थियो । यस बेला सम्म भित्ताको घडिमा १ बजिसेकेको थियो । बजार के हुने भेन्ने बिषयमा लगानीकर्ताहरु अलमलमा नै देखिन्थे । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले दशैं सुरु भएका कारण पनि ब्रोकरबाट पैसा बाहिरिएको तर्क गरे । ती लगानीकर्तामध्ये एक जनाले भने, ‘पहिले लगानीकर्ताले सेयर बजारबाट खासै पैसा लग्दैनथे । अहिले घरखर्चको लागि पनि पैसा लग्ने गरेका छन् भन्ने सुनिन्छ । त्यसैले कारोबार पनि घटेको छ ।’  

यहाँ केही समय व्यतित गरेपछि हामी अनामनगरमा नै रहेको आर्यतारा (सेक्यूरिटिज स्टक ब्रोकर नम्बर ५७) मा पुग्यौं । यसबेलासम्म दिनका २ बजिसकेको थियो  हामी यहाँ पुग्दा केही लगानीकर्ता भने अगाडिको सिट्मा कुर्चि जोडेर  मस्त निदाएका थिए । केही भने हाई काढ्दै थिए । यतिकैमा एक लगानीकर्ताले भने, ‘उठ्नुहोस है साथि, बजार बढ्न थल्यो । सेयर किन्ने यस्तै बेला हो ।’

अर्का एक लगानीकर्ताले भने,‘अर्थमन्त्री बोले मात्रै काम भने केही गरेनन् । फाइल जति अर्थमन्त्रालयका घर्रामा धुलो लागेर बसेको छन् । मन्त्री भने नेप्से पुग्छन् । हेरौ अब अर्थमन्त्रालयका घर्रामा लागेको धुलो टक्टाकउँछन कि टक्काटाउँदैनन् ?’उनी संगै बसेका अर्को लगानीकर्ता भने, ‘अर्थमन्त्री नेप्से पुग्नु राम्रो हो । अब काम गरेर पनि देखाउनु पर्छ । अर्थमन्त्रीले अध्यक्ष छिटो चयन गर्नु पर्यो । आउने म्रौद्रिक नीतिमा जोखिम भार घटाएर क्याप हट्नु पर्यो । यति भए पछि बजारले राम्रै गति लिन्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.