मंगलवार, आश्विन १३,२०८३ 06:19:25
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:19:25
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्तामा एचडीएल र साहस उर्जाको चर्चा, भन्छन् ‘दशैं अघि बजार फर्कन्छ’

Bizshala
ग्राउण्ड जिरोका लगानीकर्तामा एचडीएल र साहस उर्जाको चर्चा, भन्छन् ‘दशैं अघि बजार फर्कन्छ’
New Office

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले लगानीकर्ताको मनोविज्ञान बुझ्ने नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले पुतलीसडक आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज सबैभन्दा पहिले हामी स्टार मलमा रहेको त्रिशक्ति सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४८) मा पुगेका थियौं ।

अघिल्ला कारोबारहरुमा जस्तै आज पनि कारोबारको पहिलो प्रहरमा बजारमा सामान्य अकंले सुधार भएको थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरु आउने क्रम जारी थियो । यसै सिलसिलामा डिस्प्ले हेर्दै एक लगानीकर्ताले भने, ‘होइन साथीहरु, यो बजार के हुने हो ? आज के होला ?’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनलाई जबाफ दिँदै एक लगानीकर्ता भने, ‘बजार जे सुकै होस् यो साहस उर्जा कम्पनी बलियो छ । बोनस पनि दिन्छ । हकप्रद पनि आँउदै छ । अहिले यतै लाग्नुहोस् न ।’ बिहानको पहिलो प्रहरमा आज एचडीएल कम्पनीको सेयर निक्कै चम्केको थियो । यहि प्रसंगलाई जोड्दै एक लगानीकर्ताले भने, ‘लौ ! आज त एचडिएलले सर्किट हान्छ जस्तो छ । खेलाडीको खेल होकि, केही छ यो कम्पनीमा ?’

उनी सँगै बसेका लगानीकर्ताले जवाफ फर्काए, ‘रिपोर्ट त राम्रै आएको छ । होला नि केही भित्रि विषय ।’ यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले आफ्ना साथीहरुलाई दीर्घकालका लागि साहस उर्जा, युनिभर्सल पावर तथा राधी विद्युत ,सानीमा बैंक र एभरेष्ट बैंक जस्ता कम्पनीमा लगानी गर्दा उत्तम हुने सुझाव दिएको समेत देखियो । यस बेलासम्म भित्ताको घडीमा दिनको १२ बजिसकेको थियो । बजार सामान्य अंकले तलमाथि गर्दै थियो ।  

यहाँबाट हामी पुतलीसडकमा नै रहेको प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । यस ब्रोकरमा पनि लगानीकर्ता उपस्थिति राम्रै थियो । लगानीकर्ता उत्साहपूर्वक रुपमा बजार नियाल्न मस्त देखिन्थे । यस ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरु भने बजार बढ्न नसकेकोमा चिन्तित देखिन्थे ।  

यहाँ भेटिएका एक लगानीकर्ताले अहिले ठूला खेलाडी र प्राविधिक विश्लेषकहरु बजार नपसेकाले कारण नै बजार माथि जान नसकेको तर्क गरे । उनले थप्दै भने, ‘अहिले बैकको सेयर पनि माथि जान सकेनन् । साहस उर्जा पनि खासै माथि जान सकेन । कम्पनीले १५ प्रतिशत लाभांश र हकप्रद दिने भन्ने सुनिएको छ । जब राम्रो समाचार आउछ बजार घटिहाल्छ । माछापुच्छ्रे बैंक पनि खासै माथि जान सकेन ।’ उनी सँगै बसेका एक लगानीकर्ताले भने ‘ पीर नगर्नुहोस साथी ! हामीले त लगानी गर्ने हो । एक पटक बजार माथि गईहाल्छ नि ।’  

यसबेलासम्म दिनको एक बज्दै थियो । बजारमा करिब ३ अर्बको सेयर कारोबार हुँदै थियो । लगानीकर्ताहरु आज आघिल्लो दिनको तुलनामा कारोबार बढ्ने अपेक्षा गर्दै थिए । यहाँबाट हामी नजिकै रहेको सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । यहाँ भेटिएका केही लगानीकर्ताहरुले पनि एचडीएलको  चर्चा गर्दै थिए ।

एक लगानीकर्ताले आज एचडीएलको राम्रो कारोबार भएको भन्दै अब कम्पनीको सेयरमूल्य कता लाग्ला भन्ने जिज्ञाशा व्यक्त गरे । सँगैका लगानीकर्ताले भने, ‘यस वर्ष २५ प्रतिशत बनोस र १० प्रतिशत नगद भन्ने हल्ला छ है ! मैले सुनेको । होला नहोला तपाँइनै बुझ्नुहोस ।’

यस्तै अर्का एक लगानीकर्ताले अहिले बजार घटेता पनि दशैं अगाडी एकपटक बजार फर्कने अपेक्षा गरे । यहाँबाट हामी नजिकै रहेको प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौं । यस बेलासम्म दिनको २ बज्दै थियो । बजार बिस्तारै घट्ने क्रम जारी थियो ।  

यतिकैमा एक लगानीकर्ताले अहिले बजार घट्नुको मुख्य कारण उधारो कारोबार भएको दाबी गरे । ‘यो बजारमा उधारो सेयर किन्नु पनि सहिद हुनु नै रहेछ साथीहरु ! किन्यो कि घटिहाल्छ । मलाई मात्रै हो कि अरुलाई पनि यस्तै हुन्छ ?’ ब्रोकहर हाउसमा यस्तै गल्फति चल्दै थिए । बजारमा बिक्री दबाब पर्दै थियो । हामीले यो साताको लागि हाम्रो नियमित स्तम्भलाई यहि बिट मार्ने निधो गर्यौं ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.