बुधबार, चैत्र २०,२०८१ 12:39:14
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:14
IME remit
Global IME Bank Limited

ग्राउण्ड जीरो पोखरा:‘बजारप्रति मोफसलका लगानीकर्ता सशङ्कित, ऋण गरेर लगानी गर्दा सडकमा पुगिने बुझाई’

Hyundai Nepal
ग्राउण्ड जीरो पोखरा:‘बजारप्रति मोफसलका लगानीकर्ता सशङ्कित, ऋण गरेर लगानी गर्दा सडकमा पुगिने बुझाई’
Nabil Bank Limited

पोखरा । सधैंको साताजस्तै आज पनि हामीले विभिन्न ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसपटक भने हामीले पोखराका ब्रोकरहाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकरका स्थानीय प्रतिनिधिहरुको बिचार सुन्ने र उनीहरुको बजारप्रतिको धारणा बुझ्ने कोशिश गरेका छौं ।  

आज पोखराको वातावरण केही चिसो र बदलिएको थियो । चिसो बढेकै कारण होला ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको भौतिक उपस्थिति निकै पातलो देखिन्थ्यो । 

Shivam Cement
Bizshala
CG Motors

आज बिहान ११ नबज्दै हामी न्यूरोडस्थित नाशा सेक्युरिटिज(ब्रोकर नम्बर ५८)मा पुग्यौं । सुरुवाती समयमा बजार केही बढेको थियो । ब्रोकरहाउसमा फोनका घण्टी बजिरहेका थिए । एक महिला  लगानीकर्ताले भनिन् -'आज त बजार बढ्छ जस्तो छ ।'  

उनीसँगै बसेका एक पुरुष लगानीकर्तालाई सोधिन् -'यो ङादी पावर कम्पनी(एनजीपीएल) बढ्नै सकेन । रु. ३३९ बाट माथि जानै सक्दैन त, के भएको हो ?' उनी सँगै बसेका पुरुष लगानीकर्ताले भने -'नआत्तिनुस न, समय आएपछि बढिहाल्छ नि।'  

यही ब्रोकरमा भेटिएका अर्को एक लगानीकर्ताले भने -'ख्वै के, ख्वै के । बजार बढ्ला र भन्या ? काठमाण्डौमा ठूला व्यापारी समातिए भन्छन् । उनीहरुको पनि सेयरमा राम्रै लगानी थियो होला । राम्रै सेयर खेलाडी थिए होलान् ।'

ती लगानीकर्ताले थपे -'अब म्रौद्रिक नीतिको अर्धबार्षिक समीक्षा कस्तो आउँछ, त्यसपछि मात्र बजारको गति तय होला ।'  

मध्यान्ह १२ बज्दै थियो । यस बेलासम्म सेयर बजारमा भने एक अर्बको कारोबार भइसकेको थियो ।  

केही समयपछि हामी न्यूरोडमा नै रहेको नेपाल स्टक हाउस(ब्रोकर नम्बर १४)मा पुग्यौं । यस ब्रोकरमा पनि खासै लगानीकर्ताको उपस्थिति थिएन । डिस्प्ले बन्द नै रहेको थियो । लगानीकर्ता नभेटिएपछि हामीले ब्रोकरका त्यहाँका प्रतिनिधिसँग बजारको विषयमा जिज्ञासा राख्यौं । उनले हिमालयन रिइन्स्योरेन्सको आइपीओले ब्रोकरहरुलाई सेटलमेन्टमा नै हम्मे हम्मे पारेको गुनासो गरे । 'किन्नेले समयमा पैसा दिँदैनन् । बेच्नेले तुरुन्तै पैसा खोज्छन ।' 

बजारको बिषयमा उनी पनि खासै सकारात्मक देखिएनन् ।  

केही समयको बसाइँपछि हामी त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड(स्टक ब्रोकर नम्बर ४८)को शाखामा पुग्यौं । यस ब्रोकरमा पनि डिस्प्ले बन्द नै थियो । ब्रोकर हाउसमा मुश्किलले एकदुई लगानीकर्ता मात्रै भेटिन्थे । यस ब्रोकरमा पनि हामीले ब्रोकरका स्थानीय प्रतिनिधिसँग बजारको बिषयमा जिज्ञासा राख्यौं । उनी झनै बजार प्रति नकारात्मक देखिए । उनले उदाहरण दिँदै थपे - 'यो बजार बिगारेको बैंकहरुले हो । कोभिडको समयमा लगानीकर्ताहरुलाई ७ प्रतिशत ब्याजदरमा पैसा दिए । त्यस्तो पैसाका कारण शिवम् सिमेन्ट, नेपाल टेलिकम, गोर्खाज फाइनान्स, नेपाल रिइन्स्योरेन्स जस्ता कम्पनीको सेयरभाउ २ हजार नजिक पुग्यो । त्यो मूल्यमा सेयरधितो राख्नेको अवस्था अहिले के होला ? मलाई एकजना लगानीकर्ताले काठमाण्डौबाट मध्यराति फोन गरे । मैले त अब झट्टै त्यो मूल्यमा यी कम्पनीको सेयरभाउ पुग्दैन भनिदिएँ । लगानीकर्ताहरु सेयर कर्जामा फसेका छन्, अनि कसरी बढ्छ बजार ?' 

उनले थप्दै अगाडि भने -'बजारमा ऋण गरेर हालेको पैसाले कहिलै फाइदा हुँदैन । आफ्नै पैसा भए होला, होइन भने लोन लिएर यो बजारमा आउनु भनेको सडकमा नै आउनु बराबर हो ।' उनले नजिककैको एक नयाँ लगानीकर्तालाई सम्झाउँदै भने -'धेरै कर्जा लिएर यो बजारमा नआउनुस् । अहिले बजार विदेशबाट आम्दानी गरेर सेयर किन्नेहरुले  धानेका छन् । होइन भने बजारको अबस्था झनै खराब हुन्थ्यो ।'  

यस बेलासम्म दिउँसोको १ बजिसकेको थियो, बजार तलमाथि गर्दै चल्दै थियो ।  

बजारका ग्राउण्ड जीरोमा उपलब्ध लगानीकर्ता र ब्रोकरको मनोविज्ञान थप बुझ्न हामी त्यसपछि न्यूरोडमै रहेको कोहिनूर सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट(ब्रोकर नम्बर ३५)को शाखामा पुग्यौं । त्यहाँ ब्रोकरमा पनि डिस्प्ले खोलिएको थिएन भने ब्रोकर हाउसमा २–३ जना मात्रै लगानीकर्ताहरु भेटिन्थे । यस ब्रोकरमा भेटिएका लगानीकर्ताहरु पनि बजार बढ्न नसकेकोमा चिन्तित देखिन्थे । तर ब्रोकरका प्रतिनिधिले केही दिनदेखि घटेको बजार अब चाहिँ बढ्ने आशा व्यक्त गरे ।  

केही समयको बसाइँपछि हामी नजिकै रहेको प्रिमियर सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३२)को सम्पर्क कार्यालयमा पुग्यौं । यस ब्रोकरमा पनि केही नयाँ लगानीकर्ताहरु मात्रै भेटिन्थे । अन्य ब्रोकर जस्तै हामीले यहाँका प्रतिनिधिसँग कुराकानी गर्यौं । उनले भने -'अब अपर तामाकोशीको पैसा आएपछि बजारले केही दिनभित्र लय समात्ने देखिन्छ ।'  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.