पोखरामा चार दिन बिजुली कटौती हुने
काठमाण्डौ । पोखरा महानगरपालिका क्षेत्रमा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गत पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो।शुक्रबारदेखि मङ्गलबारसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने जनाइएको छ।

