आईतवार, बैशाख ६,२०८३ 02:23:55
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:23:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्तामा बैंकहरु फेरि मर्जमा जाने चर्चा, भन्छन् ‘नन् फण्डामेन्टलमा मात्रै आयो बुल नेप्सेमा भने आएन’

Bizshala
ग्राउण्ड जिरोका लगानीकर्तामा बैंकहरु फेरि मर्जमा जाने चर्चा, भन्छन् ‘नन् फण्डामेन्टलमा मात्रै आयो बुल नेप्सेमा भने आएन’
Shivam Cement

काठमाण्डौ । संधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै क्रममा आज हामी ज्ञानेश्वर र नक्साल आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको विचार बुझ्ने प्रयास गरेका छौं । आज हामी ब्रोकर हाउसहरुमा पुग्दा पुसको चिसो मौसममा बजार घटेता पनि लगानीकर्ताहरुमा जोस र जाँगर भने नघटेको देखियो । केही लगानीकर्ताहरु नेप्से निरन्तर घट्दा घाटामा गएको बताईरेहका भेटिन्थे भने कोही बजार फेरि रफ्तारमा माथि जाने पनि तर्क गर्दै थिए । केहीले भने बजारले चाडपर्व पछि पनि गति लिन नसकेकोमा निराशा पोख्दै गरेको पनि सुनिन्थ्यो । केही ब्रोकरहरुमा फेरि बैंकहरु मर्जरमा जाँदै गरेको गानेगुने पनि सुनिन्थ्यो ।  

आज हामीे सबैभन्दा पहिले बिहान ११ बज्दा नबज्दै ज्ञानेश्वरमा रहेको सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुगेका थियौं । यस ब्रोकरमा बिहान ११ नबज्दै लगानीकर्ताहरु आएर डिस्प्लेमा टोलाएका देखिन्थे । यत्तिकैमा एक लगानीकर्ताले मुख खोले ‘साथिहरु तपाँइहरुले कत्तिको याद गर्नु भएको छ ? यस पाली बुल नन् फण्डामेन्टलमा मात्रै आयो तर नेप्सेमा आएन । आधाभूत रुपमा राम्रा भनिएका कम्पनीहरुमा बुल आएन । बरु झनै घटेर थला परियो ।’ उनले थप्दै भने, ‘मैले ग्रिन डेभलपमेन्ट र कर्णाली डेभलपमेन्ट बैंकमा खेलेर भने ठीकै भयो । कर्णाली तल भयो भने ग्रीन डेभलपमेन्ट माथि गयो । त्यस्तै ग्रिन खस्दा कर्णाली माथि गयो ।  अहिले त बजारमा खेलाडीको सेयर चिनेमा कमाइ हुने भएको छ । होइन भने बजारमा ठण्डाराम नै पनि हुने देखियो ।’  

यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले भने बैंकहरु पुनः मर्जमा जान थालेको बताए । ती लगानीकर्ताले भने, ‘ग्लोबल बैंकले सिटिजन्स बैंक र नबिल बैंक मर्ज गर्न हल्ला सुनिन्छ ।’ तर उनीसँगै बसेका एक लगानीकर्ताले भने यो सम्भव नरहेको प्रतिक्रिया दिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । भित्ताको घडिमा १२ बजिसकेको थियो । यहाँबाट हामी नजिकै रहेको सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौं । यहाँ पनि केही नयाँ र केही पुराना लगानीकर्ताको उपस्थिति राम्रै थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बजार यो साता अझै घट्ने तर्क गरे । उनले थप्दै भने, ‘अहिले ब्याजको लागि बेचेका हुन सक्छन् । अर्को साताबाट त बजार पक्कै फर्किन्छ ।’ उनीसँगै बसेका लगानीकर्ताले भने मुक्तिनाथ विकास बैंक जस्तो बैंकले केही लाभांश दिएन । गरिमा विकास बैंकले पनि खासै दिन सकेन । उनीसँगै बसेका एक लगानीकर्ताले आफ्नो तर्क राखे, ‘यी बैंकको डीपीएस खासै राम्रो थिएन ।’  

यसै ब्रोकरमा भेटिएका अर्को लगानीकर्ताले निराश हुँदै भने, ‘अब त यो सेयर बजार हेर्न मन नै लाग्न छाड्यो । यो मूल्यमा मान्छेले सेयर किन बेच्छन होला ? अब सरकार परिवर्तन हुने हल्ला पनि सकियो । ओली र देउवा नै मिलेर सरकार चलाउने हल्ला छ  । बजारले छिट्टै गति लिन्छ ।’  

यहाँबाट हामी नक्सालमा नै रहेको सन् सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६४) मा पुग्यौं । यस बेलासम्म भित्ताको घडिमा १ बजिसकेको थियो । दिनभर घटेको बजार झिनो अंकले भएपनि सकरात्मक बन्दै थियो । यस ब्रोकरमा भेटिएकी एक महिला लगानीकर्ता भनिन् ‘अब त बजारमा राम्रा भन्दा पनि नराम्रा नन्फण्डामेन्टल कम्पनी मात्रै छानेर किन्न थाले लगानीकर्ताले ।’ उनले मोबाइल देखाउँदै भनिन्, ‘कारोबार किन घटेको हो ? कतै बजार डिप्रेशन जाने त होइन ? उनको जिज्ञाशा मेटाउँदै उनीसँगै बसेका अर्का एक लगानीकर्ताले भने, ‘त्यसो होइन होला साथि, भोल्युम घट्नु भनेको त बेच्नेहरु पछि हट्दै छन् भन्ने हो ।’ ब्रोकरहाउसमा यस्तै गफगाफ चल्दै थिए ।

CG Motors
Garima Development Bank
IME remit

यहाँबाट हामी नक्सालमा नै रहेको नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । बजार सामान्य तल–माथि गर्दै थियो । यस ब्रोकरमा भेटिएका लगानीकर्ताले लो क्याप कम्पनीको चर्चा गर्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले ग्रुप म्यासेज देखाउँदै भने, ‘लौ हेर्नुस् ! खेलाडीहरुबाट आएको म्यासेज ! यो साता मलाई खेलाडीले मेन्छियाम हाइड्रो, त्रिशुली जलविद्युत र मोलुङ हाइड्रो चल्छ है भनेर म्यासेज आएको छ । अहिले त यस्तो ग्रुपमा नलाग्ने हो भने सेयरबजारबाट कमाई नै छैन ।’ ती लगानीकर्ताले ठट्यौली पारामा भने ।  

यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले बैंकहरु मर्जमा जान सक्ने आँकलन गर्दै ग्लोबल बैंक र एनआइसी एसिया बैंक मर्ज गर्न लागेको हाल्ला आफूहरुले पनि सुनेको बताए । ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । भित्ताको घडिमा साढे २ बजिसकेको थियो । हामीले ग्राउण्ड जिरो आजलाई यहीँ नै बिट मार्ने निधो गर्यौं ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.