बुधबार, फाल्गुन ६,२०८२ 03:50:09
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 03:50:09
Bizshala
Global IME Bank Limited

सेयर बजार बढ्दा सरकार पनि मालामाल, गत साउनको तुलनामा १०.३६ गुणाले बढ्यो पूँजीगत लाभकर

सेयर बजार बढ्दा सरकार पनि मालामाल, गत साउनको तुलनामा १०.३६ गुणाले बढ्यो पूँजीगत लाभकर
Shivam Cement

काठमाण्डौ । कांग्रेस–एमाले गठबन्धनको सरकार बनेलगत्तैदेखि सेयर बजारमा आएको उछालको सकारात्मक प्रभाव सरकारले प्राप्त गर्ने राजश्वमा समेत देखिएको छ।  

सेयर बजारमा कारोबारका दैनिक रेकर्डहरु बनेर नेप्से परिसूचक ३००० को विन्दूसम्म पुग्दा सरकारले प्राप्त गर्ने राजश्वमा समेत उछाल आएको देखिएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सिडिएस एण्ड क्लियरिंग लिमीटेडका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा सेयर बजारबाट राज्यलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ बराबरको पूँजीगत लाभकर गएको छ । यो भनेको गत वर्षको साउनको तुलनामा १०.३६ गुणाले बढी हो । गत वर्षको साउन महिनामा राज्यले सेयर बजारबाट ४० करोड ८ लाख ९१ हजार रुपैयाँ हाराहारीमा पूँजीगत लाभकर प्राप्त गरेको थियो ।  

साउन १ गते नेप्से परिसूचक २३१०.५९ को विन्दूमा सीमित थियो । सो दिन ९ अर्ब बढीको सेयर कारोबार भएको थियो । त्यसपछि साउन महिनाभर २२ दिन बजारमा कारोबार भएको थियो ।  

यो अवधिमा नेप्से परिसूचक बढेर ३००० विन्दूमा पुग्यो । यसरी साउन महिनामा मात्रै नेप्से परिसूचक ६९०.२२ अंकले बढेको छ।  

साउन महिनाभरमा नेप्सेमा ४१४ अर्ब हाराहारीमा सेयर कारोबार भएको छ ।  

साउन १ गते ९ अर्ब ७ करोडको कारोबार भएकोमा २ गते १२ अर्ब र ३ गते १५ अर्ब ४७ करोड बढीको सेयर कारोबार भएको देखिन्छ । त्यसपछि भने प्रत्येक दिन १४ अर्बभन्दा बढीकै कारोबार भइरहेको छ ।  

कारोबारमा उछाल आएकै कारण सरकारले प्राप्त गर्ने पूँजीगत लाभकर पनि रकेटको गतिमा बढेको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.