सेयरबजार घटेसँगै सरकारले प्राप्त गर्ने पूँजीगत लाभकरमा ३७% को गिरावट
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको ११ महिनामा पूँजीबजारबाट ९ अर्ब ५४ करोड ४४ लाख रुपैयाँबराबरको पूँजीगत लाभकर उठाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.५ प्रतिशतले कम हो ।गत आवको उक्त अवधिसम्म सरकारले पूँजीबजारबाट पूँजीगत करका रुपमा १५ अर्ब २७ करोड रुपैयाँ संकलन गरेको थियो ।

