बिहीबार, बैशाख ११,२०८२ 12:22:11
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 12:22:11
IME remit
Global IME Bank Limited

पूँजी बजारबाट एकै महिनामा उठ्यो १ अर्ब ३३ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन कारोबारी

Hyundai Nepal
पूँजी बजारबाट एकै महिनामा उठ्यो १ अर्ब ३३ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन कारोबारी
Nabil Bank Limited

काठमाण्डौ । सरकारले एक महिनामा पूँजी बजारबाट १ अर्ब ३३ करोड २ लाख ३७ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले फागुन महिनामा पूँजीबजारबाट उक्त रकमबराबरको राजश्व संकलन गरेको हो ।  

जसमध्ये सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले ८१ करोड ४२ लाख रुपैैयाँ कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले ३६ करोड ३८ लाख कर तिरका छन् । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यस अवधिमा संस्थागत लगानीकर्ताहरुले १४ करोड ९७ लाख र स्टक डिलरहरुले करिब २४ लाख ५१ हजार कर तिरेका छन् । गत महिना यसरी धेरै राजश्व उठ्नुको कारण बजार बढेर ३ हजार  नजिक पुग्नु तथा प्राथमिक सेयर दोस्रो बजारमा आउदा लगानीकर्ताले सेयर बेच्नु जस्ता कारण रहेको सीडीएससीका प्रवक्ता सृुरेश न्यौपानेले जानकारी दिए ।  

Muktinath Bikas Bank Limited

धितोपत्र ऐनअनुसार एक वर्ष भन्दा कम समय अवधिमा सेयर बेच्नेलाई अल्पकालिन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालिन लगानीकर्ता भनेर छुट्टाइएको छ । जसअनुसार अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत,दीर्घकालिन लगानीकर्ताहरुले ५ प्रतिशत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताहरुले भने हाल १० प्रतिशत कर तिर्दै आएका छन् ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.