बुधबार, बैशाख १०,२०८२ 11:57:12
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 11:57:12
IME remit
Global IME Bank Limited

सेयर बजारको समस्या समाधान गर्न अर्थमन्त्री सक्रिय, सबै सम्बद्ध निकायसँग लिखित सुझाव मागिने

Hyundai Nepal
सेयर बजारको समस्या समाधान गर्न अर्थमन्त्री सक्रिय, सबै सम्बद्ध निकायसँग लिखित सुझाव मागिने
Nabil Bank Limited

काठमाण्डौ । नियुक्ति भएलगत्तै सेयर बजारको विषयमा सकारात्मक प्रतिक्रिया दिएका अर्थमन्त्री वर्षमान पुनले बजार सुधारका लागि गम्भीर पहल थालेका छन् ।  

नियुक्ति हुनुअघिदेखि नै उनले सेयर बजारका नियामक निकाय तथा तालुकदार अन्य निकायसँग पूँजीबजारका समस्या र समाधानका उपायहरुको विषयमा सुझाउन आग्रह गरेका थिए ।  

सो आग्रहअनुसार नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी एण्ड क्लियरिङ लिमीटेड र धितोपत्र बोर्डलाई अर्थमन्त्रालयले बजारका समस्या र सुधारका उपायका विषयमा सुझाव दिन भन्दै आजै पत्र पठाउने तयारी गरेको छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आजै साँझसम्म पत्र आउने जानकारी गराइएको छ । धितोपत्र बोर्डका एक उच्चपदस्थ अधिकारीले भने-'बजारका समस्या र समाधानका उपायको विषयमा अर्थमन्त्री ज्यूले हिजै पनि सुझाव माग्नुभएको थियो । त्यही विषय लिखित रुपमा सोध्न खोजिएको भन्ने कुरा आएको छ ।'  

अर्थमन्त्रालयस्थित एक उच्च स्रोतकाअनुसार सपथ ग्रहणपछिदेखि नै अर्थमन्त्री पुन बजारको समस्या समाधानका लागि निकै गम्भीर देखिएका छन् ।  

सपथलगत्तै पनि सिंहदरबारमा अर्थमन्त्रालयका कर्मचारीहरुलाई सम्बोधनका क्रममा उनले ६० लाख बढीको जीवन जोडिएको सेयर बजारको सुधार र यसलाई व्यवस्थित बनाउन आफू लागिपर्ने प्रतिबद्धता सार्वजनिक गरेका थिए । उनको प्रतिबद्धतालाई लगानीकर्ताहरुले बिहीबारको कारोबारमार्फत सकारात्मक रेसपोन्स गरेका छन् ।  

लगानीकर्ताबाट ग्रिन सिग्नल पाएका अर्थमन्त्रीले हिजो नै नेप्से र धितोपत्र बोर्डका अधिकारीहरुलाई टेलिफोन नै गरेर बजारको समस्या र समाधानको उपाय लिपिबद्ध गर्न भनेका थिए । 'म अर्थमन्त्रीको रुपमा आउने अनि नेप्से रातो हुने ? यो त भएन नि ।' अर्थमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो-'सुधार के के गर्नुपर्यो भन्नुपर्यो, समस्या कहाँ कहाँ छन् त्यो पनि भन्नुपर्यो । अब बजार सुधारको काममा लागिहाल्न पर्यो । लगानीकर्तालाई निराश हुन दिनुभएन ।'  

अर्थमन्त्री पुनले आफू अर्थमन्त्रालयमा जाने कन्फर्म भएपछि बुधबार नै केही ब्रोकरलाई समेत व्यक्तिगत रुपमा फोन गरेर बजारका समस्या र समाधानको उपाय सुझाउन भनेका थिए ।  

अर्थले मन्त्रीको चाहनामा ब्रोकरहरुको दुईवटै संगठनलाई समेत सुझावका लागि लिखित सुझाव पेश गर्ने गरी पत्र पठाउने तयारी थालेको छ ।  

लगानीकर्ता सम्बद्ध केही संघसंगठनलाई समेत पत्रै पठाएर पूँजीबजार सुधार र लगानीकर्ताको मनोबल उकास्ने विषयमा ठोस सुझाव पेश गर्न भनिने स्रोतले जनाएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.