काठमाण्डौ । दशैंपछि बजार बढ्ने विश्वाससहित विदा सुरु हुनुअघि ब्रोकरहरुले खरीदलाई आक्रामक बनाएका छन् । यहीकारण मंगलबार कारोबार रकमका आधारमा टप टेन ब्रोकरमध्ये ८ वटाले बिक्रीभन्दा बढी रकमको खरीद गरेका छन् भने २ वटाले मात्र खरीदको तुलनामा बिक्री बढी गरेका छन् ।
पहिलो स्थानमा सेयर प्रो सेक्यूरिटिजबाट २३ करोड २८ लाखको खरिद भएको छ भने २९ करोड ६३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भृकुटी स्टक डिलरबाट २९ करोड ८८ लाखको खरिद भएको छ भने २० करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको नाशा सेक्यूरिटिजबाट १८ करोड २४ लाखको खरिद भएको छ भने २१ करोड ६१ लाखको बिक्री भएको छ ।
चौंंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १७ करोड ९५ लाखको खरिद भएको छ भने १५ करोड १७ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १६ करोड २२ लाखको खरिद भएको छ भने १४ करोड ५२ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १५ करोडको खरिद रहेको छ भने १४ करोड ६८ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा आर्यतारा सेक्यूरिटिजबाट १३ करोड ६२ लाखको खरिद भएको छ भने १३ करोड २५ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट १२ करोड ४३ लाखको खरिद भएको छ भने १२ करोड ११ लाखको बिक्री भएको छ ।
नबौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १२ करोड ७८ लाखको खरिद भएको छ भने ११ करोड १३ लाखको बिक्री भएको छ ।
दसौं स्थानमा रहेको नेपाल स्टक हाउसबाट १५ करोड ८६ लाखको खरिद भएको छ भने ५ करोड ५८ लाखको विक्री भएको छ ।