आईतवार, बैशाख ६,२०८३ 08:40:04
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:40:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाँचौ प्रयासमा पनि नेप्सेले २७०० को विन्दूलाई ब्रेक गरेन, तीन महिनादेखि नयाँ लगानीकर्ता पनि आएनन् !

Bizshala
पाँचौ प्रयासमा पनि नेप्सेले २७०० को विन्दूलाई ब्रेक गरेन, तीन महिनादेखि नयाँ लगानीकर्ता पनि आएनन् !
Shivam Cement

काठमाण्डौ । चैत्रको पहिलो साता २७ सयबाट तल खसको बजारले त्यसपछिको तीन महिनाको अवधिमा लगातार ५ औं प्रयासमा पनि २७ सयको बिन्दुलाई ब्रेक गरेर माथि जान सकेको छैन ।  

चैत र बैशाख महिनामा मात्रै बजारले डबल टप बनाएर तल खस्यो । त्यसपछि जेठ महिनामा पनि बजारले ट्रिपल टप बनायो । तर २७ सयलाई ब्रेक नै गरेर माथि जान सकेन । यो बिचमा बजारको कारोबार भने सन्तोषजनक नै रहेको देखिन्छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

औसतभन्दा कारोबार राम्रै देखिन्छ । लगानीकर्ताका लागि यो समय निकै महत्वपूर्ण पनि हो । किनकि यही अवधिमा सरकारको नीति तथा कार्यक्रम, बजेट तथा मौद्रिक नीतिको समीक्षा पनि सकारात्मक नै आए । तर पनि बजारले पटक–पटकको प्रयासमा पनि २७ सय माथिको यात्रालाई तय गर्न सकेको छैन । 

CG Motors
Garima Development Bank
IME remit

किन माथि जान सकेन बजार ?

केही बजार जानकारहरुको तर्कअनुसार हाल बजारमा केही सीमित कम्पनीहरु मात्रै चले ।  समग्र सेयर बजारलाई प्रभाव पार्ने क्षेत्र जस्तो बैंकिङ क्षेत्र चल्न सकेन । ब्रोकरहरुकाअनुसार सेयर बजारमा पछिल्लो तीन महिनादेखि एउटा पनि नयाँ लगानीकर्ता आएनन् । भएकै पैसा र पोर्टफोलियोबाट सेयर बजार चलेको छ ।  

केही आइपिओ र हकप्रदबाट पैसा बाहिर गएको छ । लगानीकर्ताहरु भएकै पोर्टफोलियोलाई यताउता मात्रै गरिरहेका छन् । यहीकारण बजारले २७०० को विन्दूलाई ब्रेक गर्न सकेन ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.