आईतवार, फाल्गुन ३,२०८२ 06:03:28
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:03:28
Bizshala
Global IME Bank Limited

लगानीकर्तालाई दशैं लाग्दा नेप्से राताम्मे, फूल्लेल भन्छन्- 'दशैंपछि बजारले लय लिन्छ'

लगानीकर्तालाई दशैं लाग्दा नेप्से राताम्मे, फूल्लेल भन्छन्- 'दशैंपछि बजारले लय लिन्छ'
Shivam Cement

काठमाण्डौ । लगानीकर्ताहरु दशैं मनाउनतर्फ लाग्दा मंगलबार सेयर बजार सेलाएको छ ।  

कतिपय लगानीकर्ताहरु काठमाण्डौ वा यस्तै शहरी क्षेत्रमा बस्ने र पर्व मनाउन गाउँ तथा अन्य गन्तव्यमा पुग्ने चटारो हुँदा सेयर बजारमा ध्यान दिन सक्दैनन् । लगानीकर्तालाई दशैं लाग्दा यसको प्रभाव बजारमा पनि देखिएको हो । जसको फलस्वरुप बजार परिसूचक(नेप्से) यो दिन २७.३९ अंकले घटेर २६६३.३२ अंकमा खुम्चिएको छ ।  

अघिल्लो दिनको तुलनामा यो दिन कारोबार रकममा पनि संकुचन देखिएको छ । यो दिन ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारमा किनबेच भएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

विगत केही दिनदेखि उछालको गतिमा दौडिएको फाइनान्स उपसमूहमा लगानीकर्ताहरुले प्रफिट बुक गर्दा समेत आजको बजारमा केही सुस्तता देखिएको हो । यो दिन सबैभन्दा बढी गुमाउनेमा पनि फाइनान्स समूहकै लगानीकर्ता छन् । फाइनान्स उपसमूहको सूचक यो दिन सबैभन्दा धेरै २.७६ प्रतिशतले करेक्सन भयो ।  

बजारका अन्य सबै उपसमूहको सूचकमा पनि आज रातो पोतियो ।  

बैंकिंग समूह ०.३६ प्रतिशतले घटेको यो दिन विकास बैंक समूहमा १.१७ प्रतिशत, होटल र टुरिजममा १.९३ प्रतिशत, जलविद्युत समूहमा १ प्रतिशत, इन्भेष्टमेन्ट समूहमा १.४५ प्रतिशत, जीवन बीमा समूहमा १.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७५ प्रतिशत, माइक्रोफाइनान्समा ०.९१ प्रतिशत र निर्जीवन बीमा समूहमा १.४५ प्रतिशतको गिरावट आयो ।  

सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फूल्लेलले दशैंका लागि धेरै लगानीकर्ता काठमाण्डौ बाहिर गएका र असोज मसान्तको दवाबले समेत बजारमा बिक्री चाप देखिएको बताए । उनले दशैं पछिदेखि बजारले लय समात्ने प्रक्षेपण समेत गरेका छन् ।  

धेरै कारोबार गर्ने कम्पनी

यो दिन एनएलजी इन्स्योरेन्सको  सबैभन्दा बढी २७ करोड १७ लाख बढीको कारोबार भयो ।  

नेपाल फाइनान्सको २३ करोड ९७ लाख कारोबार भयो भने हिमालयन रिइन्स्योरेन्सले करिब १४ करोड बराबरको कारोबार गर्यो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कमाउने र गुमाउने कम्पनी

कारोबारमा आएका ३०० मध्ये २०७ कम्पनीको मूल्य घटेको दिन ३५ कम्पनीको सेयरमूल्य भने बढ्यो ।  

यो दिन मिड सोलू हाइडोपावरमा अपर सर्किट लाग्यो । बुटवल पावर कम्पनीको सेयरमूल्य ७ प्रतिशत हाराहारीमा बढ्यो भने माण्डू हाइडोपावरको मूल्य ६.३१ प्रतिशतले उचालियो ।  

यो दिन इस्टर्न हाइडोपावरको मूल्य सबैभन्दा बढी ८.५० प्रतिशतले घट्यो । बुद्धभूमि नेपाल हाइडोपावर र नेपाल फाइनान्सका लगानीकर्ताले समेत यो दिन ७ प्रतिशत हाराहारीमा सम्पत्ति गुमाए ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.