काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा आजदेखि नियमित सेयर कारोबार पुनः सञ्चालन हुने भएको छ।
नेप्सेका ७२ वटा कारोबार सदस्य (ब्रोकर कम्पनी)को डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार पूर्ववत् सञ्चालन हुने भएको हो।
नेप्सेले एक सूचना जारी गर्दै डाटा हबमा देखिएको समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आज असोज ६ गतेदेखि नियमित कारोबार सञ्चालन हुने जनाएको छ।
डाटा हबको प्रणालीमा समस्या उत्पन्न भएपछि नेप्सेले सोमबारको नियमित कारोबार स्थगित गरेको थियो। प्रणालीमा देखिएको समस्या समाधान भएसँगै लगानीकर्ताले आजदेखि नियमित रूपमा सेयर खरिद–बिक्री गर्न पाउने भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।