शनिबार, फाल्गुन १०,२०८१ 10:24:35
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:24:35
IME remit
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा बन्यो ‘बुलिस इङ्गलफिङ’, दीर्घकालीन बुलका लागि भने बजार अझै अपरिपक्व

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा बन्यो ‘बुलिस  इङ्गलफिङ’, दीर्घकालीन बुलका लागि भने बजार अझै अपरिपक्व
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । नेप्से ३ दिन बढ्यो भने २ दिन घट्यो । बढेको ३ दिनमध्ये एकदिन पोजिटिभ सर्किट लाग्यो ।  

अघिल्लो साता १९७२.०९ विन्दूमा बन्द भएको बजार यो साता केही बढेर २०३०.५५ मा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा करिब ५८.४६ अंकको बढोत्तरी देखियो । अघिल्लो साता चाहिँ बजारमा ३४ अंकको गिरावट आएको थियो ।  

यो साता दोस्रो बजारमा १३.२२ अर्बको कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ११.६१ अर्बमा सीमित थियो । यस हिसाबले यो साता कारोबार र सूचक दुवैमा बढोत्तरी देख्न पाइयो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

अघिल्लो साता ३०.९९ खर्बमा सीमित बजार पूँजीकरण यो साता बढेर ३१ खर्ब ९१ अर्ब पुग्यो  । यस हिसाबले यो साता लगानीकर्ताको सम्पत्ति ९२ अर्बले बढेको देखिएको छ ।  

प्राविधिक पक्ष

क्याण्डल स्टिकको आधारमा 

लगातार तीन साता ओरालो लागेको बजारमा यो साता बढोत्तरी आएको छ । योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा यो साता सपोर्ट जोनमा बुलिस इङ्गलफिङ प्याट्रन बनेको छ । बुलिस इङ्गलफिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो रातो क्याण्डललाई पछिल्लो हरियो क्याण्डलले पूरै ढाक्ने गरी(यसको अर्थ अघिल्लो मैनबत्तीको लम्बाईभन्दा लामो) अर्को मैनबत्ती बनेमा बुलिस इङ्गलफिङ भनिन्छ(हेर्नुहोस् हरियो एरो)। यसले बजारले ट्रेण्ड परिवर्तन गर्न लागेको संकेत गर्छ।  

यसविपरीत यदि अघिल्लो हरियो क्याण्डललाई पछिल्लो राता क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस इङ्गलफिङ भनिन्छ।  

यो साता नेप्सेमा बुलिस इङ्गलफिङ क्याण्डल बनेको छ । यसले बजारको सम्भावित बढोत्तरीतर्फ संकेत गर्छ ।  

बोलिङ्गर, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा साप्ताहिक रुपमा हेर्दा बजारले लगातार तीन सातादेखि मध्यब्याण्डमा सपोर्ट लिएको छ । यो साता मध्यब्याण्डमा इन्भर्टेड प्रकृतिको हरियो क्याण्डल बनेको छ ।  

साप्ताहिक रुपमा नै म्याक्डीमार्फत हेर्दा भने बियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ बनेको छ । आरएसआईमार्फत हेर्दा हाल बजार न्यूट्रल जोनमा रहेको देखिन्छ । समग्रमा तीनवटै इण्डिकेटरबाट हेर्दा बजार १९९० भन्दा माथि टिकुञ्जेल अपट्रेण्डमा नै रहेको मान्न सकिन्छ ।  

फियर एण्ड ग्रिड इण्डेक्स  

फियर एण्ड ग्रिड इण्डेक्सले बजारमा लगानीकर्ताहरुको चालचलनलाई  बुझाउँछ । यसले खासगरी बजारको गति र उत्तारचढाव तथा गहिराईलाई बुझाउने गर्छ । यस्तो इण्डेक्स यदि २० भन्दा तल रहेमा लगानीकर्ता अधिक डराएका र ८० भन्दा माथि रहेको खण्डमा लगानीकर्ता अधिक हौसिएको बुझिन्छ । यस आधारमा नेप्से हाल बुलिस सेन्टिमेन्टमा नै रहेको छ, तर  यो निकै कमजोर देखिन्छ ।  

पिभट विश्लेषणबाट सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२१६०

प्रतिरोध २ –२१०५

प्रतिरोध १– २०६४

पिभट प्वाइन्ट: २०१७

 

घटेमा सपोर्ट  

सपोर्ट १– २०००

सपोर्ट २– १९६०

प्रतिरोध ३ –१९०८

 

निश्कर्ष

लगातार तीनसाता घटेको बजार यो साता सम्हालिएको छ । यो साता बजार ५८.४६ अंकले बढेको छ ।  

यो साता दोस्रो बजारमा तीव्र उतारचढाव आयो । खासगरी नयाँ अर्थमन्त्री आउँदै गर्दा र राजनीतिमा नसोचिएको ट्वीस्ट आउँदा सेयर बजार परिसूचकमा साताभरिमा १४६ अंकको उत्तारचढाव देखियो ।  

अघिल्लो साताको तुलनामा यो साता नेप्से र  कारोबार दुवैमा सुधार आउनु सकारात्मक पक्ष हो ।  

प्राविधिक रुपमा हेर्दा हामीले अघिल्लो साता भनेजस्तै फिवोनासीको ०.६१ प्रतिशत आसपासको सपोर्ट विन्दुबाट बजार सम्हालिएको छ । यो साता बजारमा बुलिस इङ्गलफिङ प्याट्रन बनेको छ । यसले  राजनीतिक रुपमा जे–जस्तो अवस्था रहेता पनि बजार प्राविधिक रुपमा इलिअट वेभको सिद्धान्त र लगानीकर्ताहरुको मनोविज्ञानले नै चल्छ भन्ने पुष्टि गरेको छ ।  

स्पष्ट हुनुपर्ने बिषय के छ भने यो साताको बजार बुलिस नै हो, तर कमजोर बुलिस रहेको फियर एण्ड ग्रिड इण्डेक्सले देखाएको छ ।  

कारोबार तथा भोलुमबाट हेर्दा पनि बजार बुलिस रहेता पनि कमजोर नै रहेको र बजार दीर्घकालीन बुलको यात्रा तय गर्न अझै परिपक्व नभइसकेको प्रष्ट देखिन्छ । त्यसकारण यो साता २०३० मा बन्द भएको नेप्से यदि आगामी साता २०६० भन्दा माथि बन्द भयो भने यो साता बनेको बुलिस इङ्गलफिङ भ्यालिड हुनेछ । तर यदि बजार  साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको मध्यब्याण्ड अर्थात १९९० भन्दा तल खस्छ भने बजार फेरि साइडवेजमा जानसक्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कुनै कारोबारका लागि सिफारिस भने होइन ।)  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.