मंगलवार, आश्विन २८,२०८२ 03:29:05
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:29:05
IME remit
Global IME Bank Limited

७७३ दिनमा नेप्सेले १४ पटक मात्र देख्न पायो २२०० को मुख, अब कता जाला ?

Hyundai Nepal
७७३ दिनमा नेप्सेले १४ पटक मात्र देख्न पायो २२०० को मुख, अब कता जाला ?
Shivam Cement

काठमाण्डौ ।  बढेपछि घट्ने र घटेपछि बढ्ने सुन्दर विशेषता बोकेको सेयर बजारमा उत्साहपूर्ण यात्राको सुरुवात भएको छ । लामो समयसम्म १८१५ देखि २२०० आसपासमै अल्झिरहेको बजार उछालको गतिमा दौडिएर ७७३ दिनकै उच्च विन्दूमा पुगेको छ ।  

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले बन्न लागेको एमाले कांग्रेस गठबन्धनको सरकारलाई हरियो कार्पेटले स्वागत गरेको छ । 

Shivam Cement
Bizshala
CG Motors

यो दिन नेप्से परिसूचकमा ५३ अंकको बढोत्तरी देखियो । २२५७.५९ को विन्दूमा पुगेको नेप्सेमा यो दिन ७ अर्ब ६२ करोड बराबरको कारोबार भएको छ ।  

सन् २०२२ मे १२ तारिखका दिन नेप्से परिसूचक २३५०.४२ को विन्दूमा थियो । त्यसपछि ओरालो लाग्न थालेको नेप्से मे १७ मा २२६५.५२ र मे १८ मा २२७४.४२ अंकमा सीमित रह्यो ।  

त्यसपछि भने नेप्से परिसूचकले आजको उचाई बराबरको यात्रा गरेको थिएन । यसरी हेर्दा ७७३ दिनपछि नेप्से परिसूचक यो अवधिकै सर्वाधिक २२५७.५९ विन्दूमा पुगेको हो ।  

यो ७७३ दिनको अवधिमध्ये कारोबार भएका दिनहरुमा नेप्से परिसूचक १८१५ को विन्दूसम्म ओर्लियो भने २०२२ कै मे १९ मा २२५०.९१ अंक कायम भएपछि उतारचढावमै अल्झिरह्यो ।  

कहिले कहिले पार भयो २२०० विन्दू ?

नेप्सेको इतिहासलाई हेर्दा यो ७७३ दिनको अवधिमा केवल १४ कारोबार दिनमा मात्र नेप्सेले २२०० को विन्दू पार गर्न सकेको देखिन्छ ।  

सन् २०२२ को मे २७ सम्म २२०० माथि नै रहेको बजार त्यसपछि भने निरन्तर घट्न थाल्यो ।  

पुनः २२०० को विन्दू पार गर्नलाई सन् २०२३ को जनवरी ९ नै पर्खिनुपर्ने अवस्था बन्यो । २०२३ को मे २७ पछि पहिलोपटक सन् २०२३ को जनवरी ९ मा नेप्से परिसूचक २२०० माथि(२२११.७६) अंकमा पुगेको थियो ।  

२२०० माथिको यात्रा एकदिन मात्र टिक्यो र बजार फेरि ओरालो लाग्यो ।  

त्यसपछि नेप्सेले सन् २०२३ को जुलाई २३ र २४ मा मात्र २२०० को विन्दू पार गर्यो । जुलाई २३ मा बजार परिसूचक बढेर २२२७.१६ र २४ मा २२००.५० अंकमा पुग्यो ।  

त्यसपछि लगानीकर्ताले २२०० को मुख देख्नलाई निकै लामो समय कुर्नपर्यो । झण्डै एकवर्षसम्म घटबढको रनभूल्लमा अल्झिएको नेप्से सन् २०२४ को जुलाई ११ मा आएर २२०४.६१ को विन्दूमा उक्लियो ।  

आज अर्थात २०२४ को जुलाई १४ का दिन नेप्से अझ माथि उठेर २२५७.५९ को विन्दूमा पुगेको हो ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.