शुक्रबार, असार २६,२०८३ 01:41:57
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 01:41:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्ततः नेप्सेले पायो नयाँ अध्यक्ष, अमृत लम्साललाई जिम्मेवारी

Laxmi Sunrise Bank Limited
अन्ततः नेप्सेले पायो नयाँ अध्यक्ष, अमृत लम्साललाई जिम्मेवारी

काठमाण्डौ । लामो समयदेखि नेतृत्वविहीन बनेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। करिब डेढ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्।

वैशाख १५ गते तत्कालीन अध्यक्षले राजीनामा दिएपछि नेप्से अध्यक्षविहीन अवस्थामा थियो। नेतृत्व अभावका कारण पूँजीबजारसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय तथा नीतिगत प्रक्रियामा अन्योल बढिरहेको बेला सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो।

New Office
CG Motors
Garima Development Bank

अर्थमन्त्री स्वर्णिम वाग्लेको निर्णयअनुसार लम्सालले अब नेप्सेको सञ्चालक समितिको नेतृत्व सम्हाल्नेछन्। पूँजीबजारको प्रमुख पूर्वाधार संस्थाको रूपमा रहेको नेप्सेले धितोपत्र कारोबार व्यवस्थापनदेखि बजार विकाससम्मका महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको छ।

हाल अर्थ मन्त्रालयमा कार्यरत लम्सालले नेपाल पुनर्बीमा कम्पनी र नेपाल बैंकलगायत वित्तीय संस्थामा पनि सञ्चालकको भूमिका निर्वाह गरिरहेका छन्। वित्तीय क्षेत्र, सार्वजनिक नीति तथा संस्थागत व्यवस्थापनमा उनको अनुभवले नेप्सेको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ नेतृत्वसँगै नेप्सेमा रोकिएका सुधारका एजेन्डा अघि बढ्ने, नियामक निकायहरूसँगको समन्वय सुदृढ हुने तथा लगानीकर्ताको विश्वास अभिवृद्धि हुने विश्वास गरिएको छ। बजार सहभागीहरू पनि नयाँ नेतृत्वले पूँजीबजारको विकास र आधुनिकीकरणमा गति दिने अपेक्षामा छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.