IME remit
  • सोमबार, कार्तिक १७,२०८२ 01:57:54
IME remit
Global IME Bank Limited

प्राविधिक विश्लेषणको अलर्टः नेप्सेमा सुधारपछि फेरि 'Wave C' को जोखिम !

Hyundai Nepal
प्राविधिक विश्लेषणको अलर्टः नेप्सेमा सुधारपछि फेरि 'Wave C' को जोखिम !
Shivam Cement

काठमाण्डौ । नेप्से इण्डेक्स पछिल्ला चार कारोबार सत्रमा उल्लेख्य सुधार देखिँदै करिब १३० अंकभन्दा बढीले उकालो लागेको छ। अघिल्ला हप्तासम्म निरन्तर दबाबमा रहेको बजारमा हाल देखिएको सुधारलाई प्राविधिक विश्लेषणले सुधारात्मक उछाल (corrective rally) को रूपमा व्याख्या गरेको छ।

चार्टका संकेतअनुसार बजारले अघिल्लो ३०२८ अंकको उच्च विन्दुबाट सुरु भएको अवरोह करिब २४७० अंकमा रोकेर Wave A चरण पूरा गरेको छ। त्यसपछि सुरु भएको हालको बाउन्सलाई बजारको Wave B सुधारात्मक चरण मानिएको छ, जसले केही समयसम्म सीमित स्तरसम्मको वृद्धि देखाउन सक्छ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

बजारको पछिल्लो गति : सुधारको लहरमा कारोबार

हालसम्मको बजार गतिः

अक्टोबर २८: नेप्से ६२.२९ अंकले बढेर बजारमा बलियो बाउन्स देखा प¥यो, कारोबार रकम ४ अर्ब ५० करोड।

अक्टोबर २९: सामान्य समायोजनका साथ ५.१७ अंकले घट्यो, कारोबार रकम ५ अर्ब ३८ करोड।

अक्टोबर ३०: फेरि ३४.२२ अंकले वृद्धि, कारोबार रकम ५ अर्ब ५९ करोड।

नोभेम्बर २: बजार फेरि ३०.७५ अंकले बढ्दै ९ अर्ब २० करोडको उच्च कारोबारसहित बन्द।

लगातारको उछालले बजारमा पुनः विश्वास फर्कँदै गरेको देखिन्छ। तर प्राविधिक हिसाबले हेर्दा यो primary reversal नभई corrective rise मात्र हो भन्ने अनुमानलाई बजार संरचनाले समर्थन गरिरहेको छ।

प्राविधिक विश्लेषण : Wave B को यात्रा सुरु

फिबोनाची र Elliott Wave Theory का आधारमा बजार अहिले Wave B को चरणमा रहेको देखिन्छ।

बजारले यो सुधारात्मक चरणमा ५० प्रतिशत (करिब २७४०–२७५० अंक) वा अधिकतम ०.६१८ retracement (२८१५ अंक) सम्म पुग्ने सम्भावना प्राविधिक रूपमा प्रकट गरेको छ।

यो स्तर पार नगरेसम्म बजारको दीर्घकालीन ट्रेन्डलाई ‘बुलिश’ भन्न सकिँदैन।

त्यसपछि बजारले फेरि Wave C अन्तर्गत नयाँ समायोजन (correction) सामना गर्नसक्ने प्राविधिक संकेत छ।

लगानीकर्ता मनोविज्ञान र बजार धारणा

अघिल्ला हप्तामा भय र अनिश्चितताले भरिएको बजारमा हाल सुधारले आशा जगाएको छ। कारोबार रकमको तीव्र वृद्धि र लगानीकर्ताको सहभागिता दुवैले छोटो अवधिमा सकारात्मक ऊर्जा देखाइरहेका छन्।

तर प्राविधिक रूपमा अझै बजार oversold अवस्थाबाट पुनरुत्थानको प्रयासमै रहेको देखिन्छ। यसले संकेत गर्छ— यो उछाल छोटो अवधिको लाभका लागि अवसर हुनसक्छ, दीर्घकालीन प्रवेशका लागि होइन।

CG Motors
Muktinath Bikas Bank Limited

अबको सम्भावित परिदृश्य

सुधारात्मक उछाल कायम रहने सम्भावना: नेप्सेले २६५० माथि स्थायित्व कायम गर्न सकेमा सुधार २७५०-२८०० सम्म विस्तार हुनसक्छ।

समायोजनको जोखिम: उक्त स्तरमा बजारले प्रतिरोध सामना गरेपछि पुनः Wave C को गिरावट सुरु हुनसक्ने अनुमान।

मध्यकालीन स्थायित्व: बजारले २४७०-२५०० क्षेत्रलाई बलियो समर्थन बनाएको छ, जसले दीर्घकालमा बजारलाई स्थायित्व दिने सम्भावना देखाउँछ।

समग्रमा हालको बजार सुधारलाई दीर्घकालीन उकालोको सुरुवात नभई Wave B सुधारात्मक चरण को रूपमा लिन प्राविधिक विश्लेषणले सल्लाह दिएको छ।

0बजार २७५०-२८१५ अंकसम्म पुग्ने सम्भावना रहँदा पनि सो स्तर पार नगरे बजारमा फेरि समायोजनको जोखिम रहनेछ।

लगानीकर्ताले छोटो अवधिको लाभ लिन सक्ने भए पनि उच्च जोखिमप्रति सचेत रहनु बुद्धिमानी हुनेछ।

(समाचारमा प्रयोग गरिएको फोटो: बिष्णुप्रसाद बस्याल, प्राविधिक विश्लेषक)

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.