बिहीबार, श्रावण १४,२०८३ 09:55:52
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:55:52
Bizshala
Global IME Bank Limited

बजारमा लाग्यो दोश्रो सर्किट, सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह

बजारमा लाग्यो दोश्रो सर्किट, सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह
New Office

काठमाण्डौ । पन्ध्र मिनेट स्थगित भएर खुलेको बजारमा फेरि अर्को सर्किट लागेको छ ।  

पहिलो सर्किटपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेञ्जले दोश्रोपटक सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि पुनः कारोबार रोकेको हो ।  

यसअघि बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको थियो । 

हाल नेप्से परिसूचक १०२.६८ अंकले बढेर २१५६.०७ को विन्दूमा पुगेको छ ।  

दोश्रो सर्किट लाग्दासम्म बजारमा २३३ कम्पनीको सेयर कारोबार भएको छ । २३२ कम्पनीको सेयरको मूल्य बढेको छ ।  

कुल १४ करोड १७ लाख बढीको कारोबार भएको देखिएको छ ।  

दोश्रो सर्किट लाग्दासम्म एनआईसी एशिया बैंक, युनिभर्सल पावर कम्पनी, हिमालयन डिस्टीलरी, मनकामन स्मार्ट लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल बैंक, इन्फिनिटी लघुवित्त, मन्दाकिनी हाइडोपावर लगायतका कम्पनीको मूल्य सर्किट लेभलमा पुगेको छ ।  

कांग्रेस एमालेको सत्ता समीकरण बन्ने निश्चित भई अर्थमन्त्रीको रुपमा सेयरबजारमैत्री नेता विष्णु पौडेलको पुनरागमन हुने भएसँगै लगानीकर्ताहरुमा उत्साहको अवस्था देखिएको हो ।

बजारले कांग्रेस एमालेबीचको सत्ता सहकार्यलाई हरियो कार्पेट बिछ्याएर स्वागत गरेको रुपमा आजको बजारको उछाललाई हेरिएको छ ।  

नेप्सेमा कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने नियम छ।  

पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेटका लागि कारोवार स्थगित हुनेछ।  

त्यसपछि ६ प्रतिशतसम्म बजार घट्न वा बढ्न सक्नेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.