आईतवार, बैशाख ६,२०८३ 11:08:01
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:08:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बोटलर्स नेपालको दादागिरी: लाभांश नदिने निर्णय गरेको एकमहिनापछि मात्र नेप्सेलाई जानकारी

Bizshala
बोटलर्स नेपालको दादागिरी: लाभांश नदिने निर्णय गरेको एकमहिनापछि मात्र नेप्सेलाई जानकारी
Shivam Cement

काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले कमजोर नियमनको फाइदा कसरी उठाउँछन् र हाम्रा नियामकहरुलाई कतिसम्म नजरअन्दाज गर्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ बोटलर्स नेपाल लिमीटेड ।  

नेप्सेमा सूचीकृत यो कम्पनीले २०८१ मंसिर ५ गते सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०-८१ का लागि  सेयरधनीलाई कुनै लाभांश नदिने भनी गरेको निर्णय करिब एकमहिनापछि मात्र जानकारी गराएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मंसिर ५ गते भएको लाभांश नदिने निर्णयसम्बन्धी लिखित जानकारी नेप्सेलाई भने पुस २ गते मात्र पठाइएको भेटिएको छ।

जति नै नियम नमान्ने कम्पनीलाई समेत स्पष्टीकरण सोधेर कारबाही फुकुवा गरिहाल्ने र कडा कारबाही नगर्ने नेप्सेको कर्मकाण्डी शैलीकै कारण बोटलर्स नेपालले यो हदसम्मको हेपाहा प्रवृति देखाएको नेप्सेका एक कर्मचारी दाबी गर्छन् ।  

लाभांश वा कुनै पनि कम्पनीको सेयरमूल्यमा प्रभाव पर्ने खालको सूचनाको विषयमा निर्णय गरिसकेपछि यथासक्य चाँडो बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेलाई जानकारी गराउनुपर्छ । 

CG Motors
Garima Development Bank
IME remit

निर्णय भएको समयमा कार्यालय लागेको भए लगत्तै र नलागेको भए भोलिपल्ट पहिलो प्रहरमै त्यसको लिखित जानकारी गराउनुपर्छ । सोहीआधारमा नेप्सेले पनि महत्वपूर्ण सूचनाको विषयमा लगानीकर्तालाई जानकारी गराउँछ ।  

सूचना समयमै दिनुपर्ने विषयमा हदैसम्मको लापरबाही गरेको बोटलर्स नेपाललाई नेप्सेले कारबाही गर्दै सेयर कारोबार निलम्बन गरेको छ । योसँगै नेप्सेले कम्पनीलाई ३ दिने स्पष्टीकरण समेत सोधेको छ ।  

नेप्सेकाअनुसार कम्पनीबाट आउने जवाफमाथि छानबिन गरी आवश्यक निर्णय हुनेछ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.