काठमाण्डौ । आज बजार घट्दा कारोबार रकम पनि घटेको छ । दिनभर उत्तारचढाव व्यहोरेको बजार अन्तिम समयमा करिब १९ अंकले घटेर बन्द भएको छ ।
प्राविधिक रुपमा आजको बजारलाई डेलीबेसमा बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा बियरिस प्रकृतिको क्याण्डलसहित मध्यब्याण्डबाट तल खसेको छ ।
त्यसैगरी, म्याक्डीमा पनि बियरिस क्रसओभर बनेको छ । हिस्टोग्रामहरु नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई पनि ओभरबट जोनबाट खसेर हाल न्यूट्रल जोन ५१ को तहमा पुगेको छ ।
समग्रमा तीनवटै इण्डिेकटरबाट नियाल्दा बजारमा बिक्री दवाब परेको देखिन्छ । पिभटमार्फत बजारलाई नियाल्दा बजारको सपोर्ट क्रमश: २०७६ , २०३९ र २०१० मा देखिन्छ भने बढेमा क्रमश: २१०५ , २१४१ र २२०६ मा प्रतिरोध लिन सक्छ ।
(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यस्ता विश्लेषण कुनै कारोबार लागि सिफारिस भने होइन ।)