मंगलवार, आश्विन १३,२०८३ 05:19:25
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:19:25
Bizshala
Global IME Bank Limited

करिब २७ महिनापछि नेप्से २४०० माथि, बैंक र बित्तीय संस्थामा आकर्षण

Bizshala
करिब २७ महिनापछि नेप्से २४०० माथि, बैंक र बित्तीय संस्थामा आकर्षण
New Office

काठमाण्डौ । नेप्से परिसूचक २४०० विन्दू माथि पुगेको छ ।  

बुलिस ट्रेण्ड समातेको बजारमा बिहीबार कारोबार सुरु भएको २६ औ मिनेटमा २४०० को उचाई चुमेको हो ।  

अहिले बजार केही करेक्सन भई अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ३५.३८ अंकले बढेर २४०० को विन्दूमा बजार घुमिरहेको छ ।  

यो बेलासम्म करिब ४ अर्ब १२ करोड बढी को सेयर कारोबार भइसकेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र मेरो माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट समेत लागिसकेको छ ।  

साताको अन्तिम कारोबार दिन बजारमा उत्साहको अवस्था देखिएको छ ।  

कांग्रेस एमाले गठबन्धनमा सरकार बनेसँगै राजनीतिक स्थायीत्वको आशा, सेयर बजारमैत्री विष्णु पौडेलको अर्थमन्त्रीको रुपमा पुनरागमन, बैंकको निरन्तर घट्दो ब्याजदर र लगानी तथा बजारमैत्री मौद्रिक नीति सार्वजनिक हुनेमा ढुक्क भएका लगानीकर्ताहरुले उत्साहपूर्ण ढंगले बजारमा सहभागिता जनाइरहेका छन् ।  

नेप्से परिसूचक यसअघि २०७९ बैशाख ११ गते २४२० अंकमा रहेको थियो । त्यसपछि हालसम्म २४०० माथिको विन्दू चुम्न सकेको थिएन । 

यसरी हेर्दा नेप्से परिसूचक करिब २७ महिनापछि २४०० विन्दू माथि पुगेको हो ।  

यो दिन माइक्रोफाइनान्स, विकास बैंक र बैंकिंग समूहमा विशेष आकर्षण देखिएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.