बुधबार, चैत्र २०,२०८१ 04:35:46
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 04:35:46
IME remit
Global IME Bank Limited

बढ्दो बजारमा सेबोनको बक्रदृष्टि, भित्रभित्रै ब्रोकर र ठूला लगानीकर्ता तर्साउने खेलमा

Hyundai Nepal
बढ्दो बजारमा सेबोनको बक्रदृष्टि, भित्रभित्रै ब्रोकर र ठूला लगानीकर्ता तर्साउने खेलमा
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारमा बग्रेल्ती समस्या छन् । तिनको समाधानका लागि वर्षौदेखि उठेका आवाजहरुको उचित सम्बोधन हुन सकेको छैन ।  

पछिल्लो समय अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्ड(सेबोन)को नियमन कमजोर बनेको छ । सयौं कम्पनीको आईपीओ, हकप्रद, ऋणपत्रको प्रस्तावको थाक लागेर बसेको छ ।  

बोर्डका कतिपय अधिकारी कतिपय कम्पनीहरुसँग सेटिङमै व्यस्त हुने गरेका बेला बेला आरोप लाग्ने गरेको छ भने बजारमा खुलेआम हुने इन्साइडर ट्रेडिङ, कर्नरिङ लगायतका अबाञ्छित गतिविधिमा समेत प्रभावकारी नियमन हुँदैन । 

Shivam Cement
Bizshala
CG Motors

कतिसम्म भने केही कम्पनीमा भएका इन्साइडर ट्रेडिङमा व्यक्ति(खेलाडी)कै संलग्नता पुष्टि हुने गरी प्रतिवेदन बन्दा समेत माथिल्लो निकाय र राजनीतिक शक्तिको दवाबपछि चूपचाप लुकाइन्छ । अध्यक्ष नभएको बाहानामा सामान्यभन्दा सामान्य काममा समेत जोखिम देख्ने बोर्डका कर्मचारीहरुले फेरि अनावश्यक रुपमा बजारलाई चलाउने र निरुत्साहित बनाउने प्रयास गरेका आरोप लागेको छ ।  

आफ्नो दैनिक कार्यसम्पादनमा समेत खरो उत्रिन नसकेको धितोपत्र बोर्ड बजार बढ्न थालेपछि भने ब्रोकर कम्पनीहरुलाई तर्साउने, ठूला लगानीकर्ताहरुलाई निरुत्साहित पार्ने र बजारको बढ्दो माहौल तथा मनोबललाई प्रभाव पार्ने काममा संलग्न हुने गरेको छ ।  

अघिल्लो बुलहरुमा पनि धितोपत्र बोर्ड यो वा त्यो नाममा यस्ता गतिविधिमा संलग्न हुने गरेको थियो । कुनै बेला कम्पनीको नामै तोकेर लिष्ट निकालेको धितोपत्र बोर्डले फेरि सेयरबजारको बढ्दो कारोबारमा बक्रदृष्टि लगाउन थालेको गम्भीर आरोप लागेको छ ।  

पछिल्लो समय सेयर बजारमा कारोबारले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । कारोबारको पहिलो घण्टामा नै १० अर्बसम्मको कारोबार हुने गरेको छ । यसरी दैनिक नयाँ नयाँ कारोबारको रेकर्ड बन्न थालेपछि नियामक निकाय धितोपत्र बोर्डले सेयर बजारमा फेरि विगतमा झै बक्रदृष्टि लगाउन थालेको केही ब्रोकरहरुले दाबी गरेका छन् ।  

धितोपत्र बोर्डले बुधबार सबै ब्रोकरहरुलाई तीन दिनको समय राखेर लगानीकर्ताहरुबाट लिनुपर्ने र दिनुपर्ने रकमको हिसाबकिताब मागेर पत्र काटेको छ । बढ्दो बजारमा ब्रोकरहरुले आफ्नो रिस्कमा लगानीकर्ताको इतिहास र इमानदारिता हेरेर कारोबारको लिमीटमा सहजीकरण गरिदिएका छन् । बुल मार्केटमा यो अनौठो विषय पनि होइन । कतिपय ब्रोकरले आफ्ना निकटका लगानीकर्तालाई केही समयका लागि बाँकी समेत चलाइदिने गरेका छन् । यिनै सहजता र कतिपय व्यवहारिक पक्षकै कारण पनि बजारको कारोबारमा उत्साह आएको ब्रोकर दाबी गर्छन् । तर, यही विषयलाई धितोपत्र बोर्डले भने ब्रेक गर्ने गरी ब्रोकरहरुसँग विवरण मागेको छ ।  

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका  अध्यक्ष  धर्मराज सापकोटाले मंगलबार सबै बोकरहरुलाई यस्तो खालको पत्र आएको पुष्टि गरे । पत्रमा रिसिवेवल र पेएबलको विस्तृत विबरण पठाउनु भनिएको छ । यसमा कुनै व्यक्ति विशेष तोकिएको छैन । ‘कुन आशयले यो बेला यस्तो पत्र आएको हो, बुझ्न सकिएन । ब्रोकरले ग्राहक हेरर लिमिट दिने कुरा उनीहरुको नितान्त व्यक्तिगत विषय हो।’ सापकोटाले भने ।  

कोहिनर सेक्युरिटिजका सञ्चालक भरत रानाभाटले नियामक निकायबाट यस्तो पत्र समय समयमा आउनु स्वभाविक भएको प्रतिक्रिया दिए ।  

नाम उल्लेख नगरिदिन आग्रह गर्ने अर्का एक ब्रोकरले भने दैनिक कारोबार बढेपछि नियामकले ब्रोकरलाई सजग गराउनु र ब्रोकरले लगानीकर्तालाई सजक गराउनु सामान्य प्रक्रिया भएको दाबी गरे ।  

धितोपत्र बोर्डको नियामक बिभागका प्रमुख विनयदेब आचार्यले पनि बोर्डबाट सबै ब्रोकरलाई पत्र गएको पुष्टि गरे । उनले भने–‘यो नियामकको नियमित कार्य जस्तै हो । बोर्डले नियमन र सुपरिबेक्षणको कार्य गर्दै जान्छ । यसमा कोही आत्तिनुपर्ने विषय केही छैन ।’

बजारका एक ठूला लगानीकर्ताले ब्रोकर र लगानीकर्ताको बीचमा बनेको सहमति र सोही आधारमा भइरहेको कारोबारमा धितोपत्र बोर्डले चासो दिएर बजार बिगार्न खोजेको आरोप लगाए । उनले धितोपत्र बोर्डले मात्र नभई नेपाल स्टक एक्सचेञ्जले समेत पछिल्लो समय कतिपय ब्रोकरहरुको आईपी ठेगाना माग्ने, ठूला लगानीकर्ताको आईपी ठेगाना माग्ने बेमौसमी काम गरिरहेका दाबी समेत गरे ।  

‘कसैले खुलेआम कर्नरिङ गर्दा नदेख्ने, बरु तिनीहरुसँग नै मिलेर अनुचित लाभ लिनेहरुले बजारमा बढेको मनोबल र माहौललाई बिगार्ने गरी जथाभावी गर्नु उचित भएन ।’ ती लगानीकर्ताले भने–‘यस विषयमा हामी प्रधानमन्त्री कार्यालयमा उजुरी दिने तयारीमा छौं । बढ्दो बजारलाई नियामकहरुले सहजीकरण गर्ने हो, उल्टो बाटो समातेर तर्साउने खेल खेल्ने होइन ।’

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.