आईतवार, फाल्गुन ३,२०८२ 10:11:14
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:11:14
Bizshala
Global IME Bank Limited

१३ ब्रोकरमा खाता खोलेका लगानीकर्ताले आइतबार एककित्ता पनि किनबेच गर्न पाएनन्, नेप्सेले स्पष्टीकरण सोध्ने

"सबैको टिएमएस चलेको भए २० अर्ब हाराहारी कारोबार हुन्थ्यो, धन्न बजार ठप्प हुन पाएन"

१३ ब्रोकरमा खाता खोलेका लगानीकर्ताले आइतबार एककित्ता पनि किनबेच गर्न पाएनन्, नेप्सेले स्पष्टीकरण सोध्ने
Shivam Cement

काठमाण्डौ । आइतबार १३ वटा ब्रोकरले टिएमएसमा देखिएको गडबडीका कारण एककित्ता सेयर किनबेच गर्न नपाउँदा समेत सेयर बजार परिसूचक र कारोबार रकममा उछाल आएको देखिएको छ ।  

यो दिन १३ वटा ब्रोकर कम्पनीको टेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)मा प्राविधिक गडबडीका कारण एकैपटक समस्या देखिएपछि ती कम्पनीसँग सम्बन्धित लगानीकर्ताहरुले दिनभर कारोबार गर्न पाएनन् । तर, १३ वटा ब्रोकरका हजारौं लगानीकर्ताले किनबेच गर्न नपाउँदा समेत बजार ५७.५५ अंकले बढ्यो भने करिब १४ अर्ब बराबरको सेयर किनबेच भयो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

'ती १३ वटा ब्रोकरमा सम्बद्ध लगानीकर्ताहरुले पनि आज सेयर किनबेच गर्न पाएका थिए भने नेप्से परिसूचकमा अझ ठूलो उछाल आउने रहेछ ।' एक ब्रोकरले बिजशालासँग भने-'सायद कारोबार रकम पनि २० अर्ब हाराहारी पुग्थ्यो कि भन्ने हामीले लेखाजेखा गरेका छौं ।'  

किन आयो समस्या ?

डिजी हबको टिएमएस लिएका ब्रोकरहरुमा आइतबार एकाएक समस्या देखिएको हो ।  

डिजी हबको टिएमएसको एप्लीकेसन्स सर्भर र डेटा बेस सर्भरबीचको कनेक्सन टुट्दा किनबेच गर्नै नमिल्ने समस्या देखिएको एक ब्रोकरले जानकारी दिए । आइतबार बजार खुलेदेखि नै देखिएको समस्या साँझसम्म भने समाधान भइसकेको छ ।'सोमबारदेखि हाम्रो टिएमएसमा समस्या हुनेछैन । लगानीकर्ताहरुले पूर्ववत अवस्थामै कारोबार गर्न सक्नुहुन्छ ।' सन सेक्यिुरिटज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले बिजशालासँग भनेः 'आइतबारको समस्या बिशुद्ध टेक्निकल हो । कहिलेकाही यस्ता समस्या आउनु ठूलो विषय पनि होइन जस्तो लाग्छ ।'  

आइतबार सन सेक्युरिटिजसहित टिएमएसमा समस्या भोग्ने ब्रोकरहरुमा सेक्योर्ड, स्वर्णलक्ष्मी सेक्युरिटिज, एनआईएमबी स्टक मार्केट्स, हिमालयन ब्रोकरेज, प्रज्ञान सेक्युरिटिज, रोड सो सेक्युरिटिज, अरुण सेक्युरिटी, मनि वल्र्ड सेयर एक्सचेञ्ज, नेपाल स्टक हाउस, डाइनामिक मनि म्यानेजर्स, स्वेता सेक्युरिटिज र कालिका सेक्युरिटिज रहेका छन् । स्वेता र कालिकाको टिएमएसबाट पनि केही लगानीकर्ता सेयर बिक्री गर्न भने आंशिक रुपमा पाएका थिए । त्यहाँबाट सेयर खरिद ठप्प बनेको थियो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

के भन्छ नेप्से ?

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईले आफूहरुको आईटी टिमलाई दिउँसो १ बजे मात्र केही ब्रोकरको टिएमएसमा समस्या देखिएको विषयमा जानकारी आएको बताए।  

'हामीले साँझसम्म सोध्दा ब्रोकर सदस्यहरुले टिएमएसको समस्या समाधान भइसकेको जानकारी दिनुभएको छ ।' उनले भने-'तर १३ वटा ब्रोकरका लगानीकर्ता आइतबारको कारोबारबाट बञ्चित भएको विषय गम्भीर भएका कारण हामी सबैलाई भोलि लिखित स्पष्टीकरण पत्र पठाउँदैछौं ।'  

टिएमएसमा एकाधिकार नहुँदा बजार सुचारु

यसैबीच, ब्रोकरहरुबीच आइतबारको घटनालाई लिएर सकारात्मक चर्चा पनि देखिएको छ । 'एउटै मात्र भेण्डर कम्पनीको टिएमएस प्रयोग गर्दा उसको सर्भर वा एप्लीकेसन्समा समस्या भएर बजार नै ठप्प हुने अवस्था आउथ्यो । तर टिएमएस सप्लाई गर्ने कम्पनी धेरैवटा हुँदा त्यो जोखिम नहुने रहेछ ।' एक ब्रोकरले बिजशालासँग भने-'कम्तीमा नेपालका ब्रोकरहरुलाई टिएमएस सप्लाई गर्ने कम्पनी ३ वटासम्म हुनु जायज रहेछ भन्ने महसुस पनि भएको छ । अझ ब्रोकरहरुले टिएमएसका लागि वैकल्पिक व्यवस्था गरिरहनुपर्ने पाठ समेत आइतबारको घटनाले सिकाएको छ ।'

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.