काठमाण्डौं । हाफ सेञ्चुरी हानेको नेप्सेको आजको कारोबारमा किन्नेभन्दा बिक्री गर्ने ब्रोकरहरु बढी देखिएका छन् । यो आँकडा कारोबार रकमका आधारमा टप दश ब्रोकरहरुबीचको तुलनाबाट आएको हो । आज शीर्ष कारोबार गर्ने १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै बिक्रीको तुलनामा उच्च खरीद भएको देखिएको छ ।
धेरै कारोबारको आधारमा आइतबार पहिलो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ३८ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिद भएको छ भने ६५ करोड ३९ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३४ करोडको खरिद हुँदा २० करोड ९५ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २३ करोड ३४ लाखको खरिद भएको छ भने २७ करोड ३४ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २८ करोड ४३ लाखको खरिद भएको छ भने १९ करोड ९४ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १९ करोड ८८ लाखको खरिद भएको छ भने २२ करोड ७६ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २० करोड ५० लाखको खरिद भएको छ भने १९ करोड ९१ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १४ करोड ८३ लाखको खरिद भएको छ भने २० करोड १९ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको श्रीहरि सेक्यूरिटिजबाट १५ करोड २८ लाखको खरिद भएको छ भने १८ करोड ५५ लाखको बिक्री भएको छ ।
नबौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १५ करोड ३२ लाखको खरिद भएको छ भने १४ करोड ८६ लाखको बिक्री भएको छ ।
दसौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट ११ करोड १२ लाखको खरिद भएको छ भने १६ करोड ९८ लाखको बिक्री भएको छ ।