आईतवार, चैत्र २२,२०८२ 10:16:31
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 10:16:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा पार्टी कार्यालयमा लगानीकर्ता र प्रहरीबीच घम्साघम्सी,'हामीमाथि दमन भयो'

Bizshala
रास्वपा पार्टी कार्यालयमा लगानीकर्ता र प्रहरीबीच घम्साघम्सी,'हामीमाथि दमन भयो'
Shivam Cement

काठमाण्डौ । वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयमा लगानीकर्ता र सुरक्षाकर्मीबीच लफडा भएको छ ।  

सिंहदरबारको दक्षिणी गेट अगाडि सुुरक्षाकर्मीले लगानीकर्तालाई भेला हुन नदिएपछि वनस्थलीस्थित रास्वपा पार्टीको मुख्यालयमा धर्ना दिन भन्दै पुगेका सेयर लगानीकर्ताहरुलाई त्यहाँ पनि प्रहरीले रोकेको छ ।  

अहिले लगानीकर्ता र प्रहरीबीच सो क्षेत्रमा घम्साघम्सी चलिरहेको छ । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

लगानीकर्ताहरुले सेयर बजारका समस्या सम्बोधनको माग गर्दै रास्वपाको मुख्यालय परिसरमा टेन्ट टाँगेर धर्ना सुरु गर्ने प्रयास गरेका थिए । तर, प्रहरीले टेन्ट टाँग्नै नदिएको लगानीकर्ता तिलक कोइरालाले जानकारी दिए ।  

ह्वाट्सअपको भिडियो लाइभमा बिजशालासँग कुरा गरेका कोइरालाले रास्वपा कार्यालय वरपर ठूलो सुरक्षा तैनाथी रहेको दृश्य देखाएका थिए । सो क्रममा लगानीकर्ता र प्रहरीबीच घम्साघम्सी परिरहेको दृश्य समेत देखिएको थियो ।  

रास्वपा पार्टी कार्यालयभित्र टेन्ट टाँग्न प्रहरीले रोकेपछि छेवैमा रहेको निजी जग्गामा टेन्ट टाँगेर धर्ना बस्न खोजेका थिए । तर, त्यहाँ समेत प्रहरीले टेन्ट टाँग्न नदिएको लगानीकर्ताको भनाई छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

'हामीलाई राणा शासनभन्दा पनि कडा शैलीमा दमनको व्यवहार भयो । शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने, धर्ना बस्न पाउने संवैधानिक हक सुरक्षाकर्मी परिचालन गरी खोस्ने काम भयो । हामीमाथि बल प्रयोग गरिएको छ ।' कोइरालाले भने-'हामी दर्जनौ लगानीकर्ताहरु यहाँ आएका छौं । व्यक्तिको निजी जग्गामा समेत बस्न नदिएर सुरक्षाकर्मीले अन्याय गरिरहेका छन्।'

लगानीकर्ताहरुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारका समस्या समाधानका लागि पहल नगरेको आरोप लगाइरहेका छन् । रास्वपाको नेतृत्वमा सरकार बनेपछिका ८ कारोबार दिनमा लगानीकर्ताहरुले साढे ४ खर्ब सम्पत्ति गुमाइसकेका छन् । नयाँ सरकारको पूँजीबजारको विषयमा आधिकारिक धारणा सार्वजनिक नहुँदा र लगानीकर्ताको माग सम्बोधन नभएकै कारण मनोबल कमजोर हुँदा आफूहरुको सम्पत्ति स्वाहा भएको उनीहरुको ठम्याई छ । तत्काल गर्न सकिने कामहरुमा समेत अर्थमन्त्रीले मातहतका निकायहरुलाई कुनै निर्देशन नदिएका र नियामक तथा सम्बन्धित निकाय समेत लगानीकर्ताहरु दैनिक डूबिरहँदा रमिते मात्र बनेका उनीहरुको भनाई छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.