काठमाण्डौ । अघिल्लो दिन ११७ अंकले बढेको बजारमा आज ७० अंकको गिरावट आएको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा आज ४ अर्ब माथि कारोबार भएको छ । यसलाई सकरात्मक रुपमा नै लिन सकिन्छ ।
प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिक प्याट्रनबाट नियाल्दा डार्क क्लाउड कभर प्याट्रन बनेको छ । तर यस्तो प्याट्रन मध्य ब्यान्डमा बनेको कारण यो इन्भ्यालिड हुने सम्भावना पनि रहन्छ ।
बोलिङगर ब्यान्डमार्फत नियाल्दा बजार अझै मध्य ब्यान्डमा टिकेको छ । म्याक्डीमा बुलिस क्रस ओभर हुँदै गरेको देखिन्छ । तर बुलिस भईसकेको अवस्था भने होइन । आरएसआई ओभरसोल्ड जोनबाट फर्केर न्युट्रल जोन ४५ मा रहेको छ । त्यसै गरि सुपर ट्रेन्डमा भने बजार अझै बुलिस नै रहेको छ ।
यस अघि मंसिर २४ गते सुपर ट्रेन्डमा बजार बुलिस बने पछि बजार लामो समय बुल यात्रामा गएको थियो । यद्यपि आगमी दिनमा यदि बजारमा करेक्सन जारी रहेमा अबको नजिकको सपोर्ट क्रमशः २००० र १९७५ मा विन्दुमा रहन्छ ।
त्यसै गरि बढेमा भने बजारले २०४५ र २१०० को विन्दुमा प्रतिरोधको सामाना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।