काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजार करिब २३ अंकले बढेर बन्द भएको छ । चैत महिनाको सुरुवातदेखि घटेको बजार आज दोहोरो अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा, बजारले २ हजारको मनोबैज्ञानिक विन्दुमा केही दिन सपोर्ट लिएर फर्केको छ ।
आज बनेको क्याण्डलले यस अघिका ४ वटा क्याण्डलहरुलाई पूरै ढाकेको छ । आज बजार बढ्दा कारोबार तथा भोल्युम पनि बढेको छ । यसलाई सकरात्मक रुपमा लिन सकिन्छ । बोलिङगर ब्याण्डबाट नियाल्दा बजार करिब तल्लो ब्याण्ड नजिकबाट फर्केको छ ।आज सम्हालिएको बजार यदि मध्य ब्याण्ड २०४६ भन्दा पनि माथि जान्छ भने बजारले माथिको यात्रा तय गर्दै गरेको मान्न सकिन्छ ।
त्यसै गरि म्याक्डीमार्फत नियाल्दा केही समय पहिले वियरिस क्रसओभर बनेको बजार हालसम्म पनि भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम आज केही फिक्का बनेको छ । डेली बेसमा आरएसआई बाट नियाल्दा आज बजार ४० को तहबाट फर्केर ४७ को तहमा बन्द भएको छ ।
यदि आगामी कारोबारमा यस्तो विन्दु ५० भन्दा माथि लागेमा बजारले अप ट्रेण्ड लिन सक्ने छ । त्यसबेला अबको कन्फरमेसनको लागि भने आगामी कारोबारमा बजार २०४६ भन्दा माथि बन्द हुनु पर्ने छ ।
नोटः सेयर बजारमा लगानी जोजिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबरका लागि सिफारिस भने होइन ।