बुधबार, भाद्र ३,२०८३ 04:00:41
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:00:41
Bizshala
Global IME Bank Limited

३ हजार विन्दुबाट करिब ५०० अंकले घट्दा नेप्सेको कुन समूहमा कति गिरावट ? अबको रणनीति कस्तो ?

३ हजार विन्दुबाट करिब ५०० अंकले घट्दा नेप्सेको कुन समूहमा कति गिरावट ? अबको रणनीति कस्तो ?
New Office

काठमाण्डौ । पछिल्लो पटक १९६० को विन्दुमा हायर लो कन्फर्मेसन गरेको नेप्समा त्यसपछि करिब ११०० अंकले बढोत्तरी आयो । यो लगानीकर्ताले नसोचेको बढोत्तरी थियो । यस पटकको बढोत्तरीमा नेप्से परिसूचक इन्ट्रा डे कारोबारमा करिब ३०४८ सम्मको विन्दुसम्म पुग्यो ।  

सेयर बजारमा कारोबार रकमले अल टाइम हाईको रेर्कर्ड बनाए पनि सूचकले भने नयाँ रेर्कड बनाउन सकेन ।  

Bizshala
CG Motors

दशैं अघिनै सूचकले पनि अल टाइम हाईको रेकर्ड कायम गर्ने आशा गरेका लगानीकर्ताहरुलाई हालको बजारले केही निराशा भने पक्कै बनाएको छ । यस विषयमा अहिले लगानीकर्ताहरुले ३ थरीका टिप्पणी गर्न थालेका छन् । एक थरी लगानीकर्ताहरु प्रधान्मन्त्री केपी शर्मा ओलीले केक काट्न आउने योजनाबाट पछि हटेर सरकारी कर्मचारी र अदालतमा टीएमएस चलाउन रोकेर टीएमएसको तार काटेको आरोप लगाउँछन् । यसैको परिणाम स्वरुप बजार घटेको उनीहरुको गुनासो छ ।  

अर्का थरी लगानीकर्ता भने सामाजिक सञ्जालको प्रयोग गरेर प्राविधिक विश्लेषकहरुले बजार घटाएको आरोप लगाउँछन् । उनीहरुले अहिले ब्रोकर हाउसमा केही प्राविधिक विश्लेषकको चर्को विरोध गर्न लागि  परेका छन् । नासा सेक्युरिटिजमा भेटिएका लगानीकर्ताहरुले भने ‘त्यो एउटा जोगिले बजार बढ्छ–बढ्छ भन्यो । अर्को दुबईमा रहेको भोगिले संधै बजार घट्छ भनेर माहोल बिगार्यो ।’  

तेस्रो थरी लगानीकर्ताहरुले भने बजार छोटो समयमा धेरै बढेकोले अहिले स्वभाविक करेक्नसको आएको विश्लेषण गर्छन् । उनीहरुको तर्कमा बजारले नयाँ उचाइ लिन आधार तय हुँदैछ । किनकी पछिल्लो पटकको र्यालीमा धेरै ठूला लगानीकर्ताहरुले सेयर एक्युमुलेसन गर्न भ्याएका थिएनन् । अब सेयर एक्युमुलेसन हुन्छ र बजारले फेरि नसोचेको गति लिनेमा यस्ता लगानीकर्ता ढुक्क छन् । उनीहरुको तर्कमा केही तथ्य पनि भेटिन्छ । अहिले बजारमा कुनै राजनीतिक तथा आर्थिक रुपमा फेरबदल नआएकाले बजार बढ्ने तर्क उनीहरुको रहेको छ ।  

बजारलाई मुख्य प्रभाव पार्ने तत्व ब्याजदर र राष्ट्र बैंकको नीति यथावत नै रहेको छ । अन्तराष्ट्रिय घट्ना क्रममा पनि कुनै फेरबदल आएको छैन । तर किन घटेको छ त सेयर बजार ? आम लगानीकर्तामा यस्तो चासो हुनु स्वभाविक नै हो ।  

अहिले चाडवर्पको सिजन पनि सुरु भएको छ । योसँगै असोज मसान्तको दबाब पनि रहेको छ । सेयर बजार एक पटक बढे पछि घट्नु प्राकृतिक नै हो । किनकी केही पनि कुरा सधैं बढेर एकोहोरो माथि लागिरहन सक्दैन । त्यसैले अहिले घटेको बजारलाई माथि जाने आधारका रुपमा लिन सकिन्छ ।  

समूहगत रुपमा कति घट्यो बजार ?

हाल नेप्सेमा १३ वटा उप–समूह रहेका छन् । फिवोनासीमार्फत बजारको करेक्सन नियाल्दा नेप्से इन्डेक्समा उच्च विन्दुबाट करिब ५० प्रतिशतले करेक्सन आईसकेको छ । वाणिज्य बैंक र विकास बैंक समूहमा करिब ५० प्रतिशतको करेक्सन आएको छ । यस्तै फाइनान्स समूह ४५ प्रतिशत, लघुवित्त ३८ प्रतिशत , जलविद्युत समूह ६० प्रतिशत , निर्जीवन बीमा र जीवन बीमा करिब ५० प्रतिशत, लगानी समूह ४० प्रतिशत , होटल्स र अन्य समूह ६० प्रतिशत , उत्पादन समूह ७५ प्रतिशत , कारोबार समूह ५० प्रतिशत र म्यूचुअल फण्ड करिव २५ प्रतिशतले घटेका छन् ।  

अबको रणनीति कस्तो ?

अहिलेको सेयर बजार कुनै राष्ट्रिय र अन्तराष्ट्रिय घटनाक्रमले गर्दा खस्किएको होइन । जसका कारण अहिलेको गिरावटलाई अल्पकालिन मान्न सकिन्छ ।  

सेयर बजारमा हुने उतारचढावका बारेमा कसैले पनि एकिन गरेर भन्न सक्दैन । यसै विषयमा विश्व सेयर बजारमा गुरु वारेन बफेट भन्छन् ‘सेयर बजारको भविष्य सधैं अस्पष्ट हुन्छ, त्यसैले तपाईले जहिले पनि बढेको बजारलाई होइन घटेको बजारलाई महत्व दिनु पर्छ । ’

यद्यपी प्राविधिक रुपमा अन्तराष्ट्रिय चलनचल्ति अनुसार एक पटक बढेर घटेको बजार फिवोनासी सिरिजको ०.६१ प्रतिशत देखि ५० प्रतिशत सम्म तल आउन सक्छ भन्ने मान्यता रहि आएको छ । यहि मान्यतलाई आधार मान्दा बजारमा करिब–करिब बटम लागेको हुन सक्ने देखिन्छ ।  

यद्यपी बजार हालको विन्दुबाट अझै केही अंक घट्न पनि सक्छ । तर बजार करिब न्यून विन्दुमा रिभर्सलको नजिक आएको पनि हुन सक्छ । त्यसैले ३ हजार विन्दुमा बेचेर बसेकाले पुनःबजार पस्न र बेच्न छुटेकाले एभरेजिङ गर्न उपयुक्त हुन सक्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.