काठमाण्डौं । आज दिनभर बढेर कारोबार भएको बजार अन्त्यमा ५८.५८ अंकले बढेर बन्द भयो । यस हिसावले एक महिना एताको बजारमा आज कारोबार र सूचक दुबैमा राम्रो सुधार देखियो । आज बजार बढ्दा कारोबार पनि बढेकोले बजार मजबुत रहेको मान्न सकिन्छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज अपर ब्याण्डमा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।
अब बजार अपर ब्याड सँगै हिड्नु पर्ने छ । म्याक्डीबाट नियाल्दा यस अघिनै बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक बनेको छ ।
आरएसआई पनि आज ६० भन्दा माथि लागेर बजार सबै इन्डिकेटरले बुलिस बनेको छ । बढ्दो बजारमा यस्तो विन्दु लामो समय ओभर बट जोनमा बस्न पनि सक्छ । समग्रमा तीन वटै इन्डिकेटरमा बजार बुलिस रहेको छ । यसको अर्थ आज लगानीकर्ताहरुले बजारमा खुलेर निर्धक्क सँग लगानी गरेका छन् भन्ने हो । जसलाई डाउ थेउरीले पनि पुष्टि गरेको छ ।
डाउ थेउरीमा आज बजारले यस अघिको हाई २०८० भन्दा माथि बन्द भएर नयाँ हायर हाई बनाएको छ । मनी फ्लो इन्डेक्समा पनि बजार सुधार देखिन्छ । पिभट् प्वइन्ट मार्फत बजारलाई नियाल्दा आज २१११ मा बन्द भएको बजारको प्रतिरोध २१५६,२२०३ र २२५० सम्म हुन सक्छ । त्यसै गरि यदि बजार घटेमा भने क्रमशः २०००,१९७५ र १९५५ सपोर्ट लिन सक्ने छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।