शनिबार, फाल्गुन १०,२०८१ 10:22:42
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:22:42
IME remit
Global IME Bank Limited

यो साता 'डेड क्याट बाउन्स' गरेको बजारको आगामी यात्रा कस्तो होला ?(प्राविधिक विश्लेषण)

Hyundai Nepal
यो साता 'डेड क्याट बाउन्स' गरेको बजारको आगामी यात्रा कस्तो होला ?(प्राविधिक विश्लेषण)
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा कुल ५ दिन कारोबार भयो । पाँच दिनमध्ये ३ दिन बजार बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २०८४.०९ मा बन्द भएको बजार यो साता २०६७६.०१ मा बन्द भयो ।

 यस हिसावले यो साता दोस्रो बजारमा १७.०८ अंकले गिरावट आयो । अघिल्लो साता भने बजार ७१.७९  अंकले बजार घटेको थियो । यो साता दोस्रो बजारमा २३.४२ अर्बबराबरको कारोबार भयो । अघिल्लो साता बजारमा २६ अर्व रुपैयाँबराबरको कारोबार भएको थियो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस हिसाबले यो साता कारोबार र सूचक दुबैमा गिरावट आयो । यो साता बजार पूँजीकरण ३२ खर्व ४८ अर्व रुपैयाँ रह्यो । गत साता बजार पूँजीकरण ३२ खर्ब ७३ अर्ब रुपैयाँ रहेको थियो । यस हिसावले यो साता बजार पूँजीकरणमा पनि २५ अर्बको गिरावट आएको छ । यसरी २ साताको अवधिमा नेप्से परिसूचकमा ९५ अंकको गिरावट आएको छ ।  

प्राविधिक  पक्षः

इलिअट वेभमा विभिन्न डिग्री हरु हुने गर्छन ।  त्यस्ता डिग्रीहरु साना–ठूला गरेर  एकदिनदेखि एक सय बर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् ।   इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन भने तल जान तीन ३ वेभ हुन्छन् । माथि लाग्ने पाँच वेभमा पनि तीनवटा चडावका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ चढाबको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सी ले मूल्य तथा सूचक तल जाने संकेत हो ।

इलिअट वेभ मार्फत बजारलाई नियाल्दा यो साता पनि अघिल्लो साताको गणना र विश्लेषण  भ्यालिड नै रहेको छ । बजारमा  सानो समय अवधिको एक देखि ५ सम्मको चक्र पूरा गरेर गएको  साता देखि एबीसी चक्र चल्दै गरेको दखिन्छ । यो पनि बजारमा सुरुको तीन कारोबारमा वेभ बी र त्यस पछि वेभ सी चलेको देखिन्छ ।

पछिल्लो २ करोबारमा करेक्सन आएको बजार कति सम्म तल आउन सक्छ भनेर हेर्दा यदि वेभ एक को लम्बाइ बराबर नै वेभ सी हन्छ भन्ने इलिअट वेभको सिद्धान्तलाई टेकेर भन्ने हो भने वेभ ए को लाम्बाइ करिव १४० अंक रहेको छ । वेभ बीको उचाइ २१३० सम्म देखिन्छ । अव २१३० बाट १४० अंक घटाउँदा अबको करेक्सन १९९० सम्म पनि हुन सक्ने देखिन्छ । यसको अर्थ बजार यही विन्दुमा नै आउँछ भनेर भन्न खोजिएको भने होइन । यस को अर्थ बजार यो विन्दु सम्म आएको खण्डमा पनि यो गणना भ्यालिड नै रहन्छ भन्ने हो ।  यहाँ भन्दा माथि २०२५ आसपासमा  पनि बलियो सपोर्ट रहकोले बजार २ हजार भन्दा माथि कुनै पनि विन्दुबाटै पनि फर्कन सक्छ ।

तर यदि बजार १९९० भन्दा पनि तल गएको खण्डमा भने यो गणना इन्भ्यालिड पनि हुन सक्छ । यस हिसावले हेर्दा यो साताको ३ दिनको बढोत्तरी वेभ बी अर्थात डेड् क्याट बाउन्स भएको देखिन्छ । हाल एबीसी चक्र अन्तगर्त बजार घटेता पनि त्यो भनेको  इन्टर मिडिएट अर्थात ठूलो डिग्रीको वेभ २ भएको ले बजारमा थर्ड अफ थर्ड बाँकी नै रहेकोले बजार पुनः २५ सय माथि पुग्ने हाम्रो  अघिल्लो साताको विश्लेषणमा भने हामी अडिक नै रहेका छौं । 

बोलिङगर ब्यान्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङगर ब्यान्डको आधारमा बजारलाई नियाल्दा अघिल्लो साता अपर ब्यान्डमा छोएर खसेको बजार गएको २ सातामा खासै बढोत्तरी आउन सकेन । यो साता अघिल्लो साताको तुलनामा कारोबार पनि घटेको छ । साप्ताहिक रुपमा नै म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको  बुलिस क्रस ओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकरात्मक रहेका छन । तर फिक्का र छोटा–छोटा हुँदै गएका छन् । साप्ताहिक रुपमा आरएसआई ५४ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजार २ हजार माथि रहुन्जेल बुलिस नै रहेको मान्न सकिन्छ ।  

पिभट विश्लेषणः

पिभट विश्लेषण  भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२२३५

प्रतिरोध २ –२२००

प्रतिरोध १– २१४२

पिभट प्वइन्टः २१०७

घटेमा सपोर्ट  

सपोर्ट १– २०४९

सपोर्ट २– २०१४

सपोर्ट  ३ –१९५६

निश्कर्ष : यो साता पाँच कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । समग्रमा बजारमा १७ अंकको गिरावट आयो । अर्थात  नेप्से सूचक  र कारोबार दुवैमा गिरावट आयो । अघिल्लो साताको तुलनामा यो साता बजार पूँजीकरणमा पनि २५ अर्बले कमी आयो । उप–समूहगत रुपमा हेर्दा बाणिज्य बैंकमा झनै बिक्री दबाव आयो । यो क्षेत्र बजार घट्दा पनि घट्ने र बढ्दा पनि घट्ने अबस्था रह्यो । बजारमा केही चमक आएका क्षेत्र जलविद्युत र अन्य क्षेत्रमा पनि यो साता बिक्री दबाव आँउदा बजार झनै प्रभवित रह्यो । बाँकी उपसमूहमा पनि खासै सुधार हुन सकेन ।

इलिअट वेभ मार्फत बजारलाई नियाल्दा यो साताको ३ दिनको बढोत्तरीमा वेभ बी अर्थात डेड् क्याट बाउन्स भएको देखिन्छ भने २ दिनको करेक्सनमा वेब सी चलेको देखिन्छ । यद्यपी हाल एबीसी चक्र अन्तर्गत बजार घटेता पनि त्यो भनेको  इन्टर मिडिएट अर्थात ठूलो डिग्रीको वेव २ भएको ले बजारमा थर्ड अफ थर्ड बाँकी नै रहेकोले बजार पुनः २५ सय माथि पुग्ने हाम्रो अघिल्लो साताको विश्लेषणमा भने हामी अडिग नै रहेका छौं ।  

(नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन । )

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.