मंगलवार, आश्विन १३,२०८३ 06:27:49
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:27:49
Bizshala
Global IME Bank Limited

२ हजारको विन्दुमा अडेको बजार प्राविधिक रुपमा अब कता ?

Bizshala
२ हजारको विन्दुमा अडेको बजार प्राविधिक रुपमा अब कता ?
New Office

काठमाण्डौ । नेप्सेमा डेढ महिना अघि अर्थात माघ ३ गते करीब १० अर्बको उच्च कारोबार भएको थियो । त्यसपछि शुटिङ स्टार बनाएर खसेको बजार करीब १९७५ सम्म आयो । 

त्यहाँबाट सानो–सानो अंकले बढेको बजार आज पनि २ हजार माथि टिकेको छ । तर बजारले खासै गति लिन भने सकेको देखिदैन । बजार किन बढ्न सकेन भनेर बजारमा सोधखोज गर्दा लगानीकर्ताहरुको आत्मविश्वासको कमीले बढ्न नसकेको जानकार बताउँछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तर प्राविधिक रुपमा भने अवस्था केही भिन्न रहेको देखिन्छ । अहिले सेयर बजारमा धेरे लगानीकर्ताहरु प्राविधिक पक्ष नै नियालेर कारोबार गर्ने गरेको पाइन्छ । यही कारण अहिले लगानीकर्ताहरुले बजारमा अघिल्लो पटकको सपोर्ट विन्दु २०२५ को ब्रेक आउटको प्रतिक्षा गरेको देखिन्छ । सेयरबजारमा अघिल्लो पटकको सपोर्ट विन्दु पछिल्लो पटकको प्रतिरोध हुने गर्छ ।  

त्यसै कारण बजारमा धेरै लगानीकर्ताहरु सेयर कारोबार सम्बन्धी निर्णय अन्तिम समयसम्म कुरेर मात्रै निर्णय लिने गरेका छन् । यही विषयलाई प्राविधिक रुपमा भन्नु पर्दा  धेरै लगानीकताहरुले  डाउ थेउरीमा हायर–लो कन्फर्मेशन कुर्दा बजार बढ्न नसकेको देखिन्छ । क्याण्डल स्टिकको आधारमा आजको बजारलाई नियाल्दा डोजी प्रकृतिको क्याण्डल बनेको देखिन्छ । जसलाई अनिर्णयको संकेत मानिन्छ । यद्यपी आजको क्यान्डलको उच्च विन्दु २०१० पनि महत्वपूण देखिएको छ ।  

त्यस पछिको नजिकको प्रतिरोध २०२५, २०६० र २११० मा देखिन्छ । त्यसै गरि घटेमा भने यस अघिका सपोर्टका विन्दुहरुनै अबका सपोर्ट प्वाइन्ट १९७५,१९५० र १९३० मा हुन सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.