माबिलुङ इनर्जीको आईपीओ बाँडफाँड भदौ ८ गते हुने
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आइतबार हुने भएको छ । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओ भदौ ८ गते बाँडफाँड हुने भएको हो । उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे हुनेछ ।