बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० आवेदकले पाए १० कित्ता
काठमाण्डौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेको कुल ८ लाख ६३ हजार २०० कित्ता सेयर ८६ हजार ३२० जना आवेदकलाई आज बाँडफाँड भएको हो।

