काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड साउन २९ गते हुने भएको छ । कम्पनीले आम सर्वसाधारणलाई जारी गरेको आईपीओ काठमाण्डौको नयाँ बानेश्वरमा रहेको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे बाँडफाँड हुने भएको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँबराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले गत साउन १५ गतेदेखि साउन १९ गतेसम्म आम सर्वसाधारणका लागि जारीपूँजीको २८.३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँड गोलप्रथा विधिबाट हुनेछ ।
कम्पनीले गत जेठ २० गते प्रति सेयर रू. १०० अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                