काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ चैत ५ गते कम्पनीकै कार्यालयमा बिहान ८ः३० मा बाँडफाँड हुने भएको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा बढी आवेदन परेको छ । अन्तिम दिनसम्ममा कम्पनीको सेयरमा कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता सेयरका लागि आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेका कारण उक्त आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ ।
कम्पनीको आईपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रूपैयाँ बराबरको सेयर माग भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
कम्पनीको आइपीओमा आवेदन दिएका आवेदकहरुमध्ये १८ लाख ६४ हजार भन्दा बढीको हात खाली हुने भएको छ ।