काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको नागपोखरीस्थित कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म आम सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको थियो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २५ लाख ५२ हजार ६०२ जनाले २ करोड ६९ लाख ३२ हजार ८ सय कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । यसमध्ये २४ लाख ११ हजार ९२२ आवेदन सदर भएको छ । बदर आवेदनको संख्या ४० हजार ६८० रहेको छ ।
कुल सदर आवेदकमध्ये ५७ हजार २४३ जनालाई ५० कित्ताका दरले ५ लाख ७२ हजार ४३० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी १ कित्ता सेयर १ जनालाई थप बाँडफाँड गरिएको छ ।
आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

