काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले भदौ ६ गते बाँडफाँड गरेको हो ।
निष्कासन अवधिभर रितपूर्वक आवेदन दिने १४ हजार ५२० आवेदकहरुलाई १ लाख ४५ हजार २ सय कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ४५ लाख २० हजार रुपैयाँको रु. १०० अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको थियो ।