सागर डिष्टिलरीले ७.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १५ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।