काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ ।
कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १५ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६(१) (ख)संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने तयारी गरेको छ।