काठमाण्डौ । सागर डिष्टिलरीको आइपीओमा १६.७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १७ लाख ५२ हजार ४४२ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा १ अर्ब ९८ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९८ लाख ९० हजार ६८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा १६ गुणा बढी हो ।
कम्पनीले गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु। १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको छ ।
उक्त आईपीओमा आवेदन दिने अन्तिम मिति असोज २ गतेसम्मका लागि निर्धारण गरिएको थियो । तर नेपाल सरकारले असोज १ गते सार्वजनिक बिदा दिएकाले आईपीओमा आवेदन दिने म्याद थप गरिएको हो । अब उक्त आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।