काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धकका अनुसार आइपीओमा २० लाख ४४ हजार ४५६ जनाको आवेदन परेकोमा १८ लाख ९५ हजार ३७६ जनाको आवेदन सदर भएको थियो ।
त्यस्तै, २ करोड ४० लाख १३ हजार ९७० कित्ताका लागि आवेदन परेकोमा २ करोड १२ लाख ३१ हजार ३३० कित्ता लागि परेको आवेदन मात्रै सदर भएको थियो ।
कम्पनीको आइपीओ ७७ हजार ३९७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन्, भने ५ जनाले ११ कित्ता सेयर पाएका छन् ।
सदर भएका आवेदकमध्ये १८ लाख १७ हजार ९७४ जनाको हात रित्तो भएको छ । कम्पनीको आइपीओ सिडिएस एण्ड क्लियरिङ्खले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।