हिम स्टार ऊर्जा कम्पनीलाई ‘बीबी–’ रेटिङ, दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम संकेत
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले हिम स्टार ऊर्जा कम्पनी लिमिटेडलाई दीर्घकालीन ऋण दायित्वका लागि ‘ICRANP-IR] BB-’ रेटिङ प्रदान गरेको छ।इक्रा नेपालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रेटिङले कम्पनीको दीर्घकालीन वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

