बुधबार, श्रावण १३,२०८३ 07:59:06
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 07:59:06
Bizshala
Global IME Bank Limited

हिम स्टार उर्जाको धितोपत्र रोक्का

हिम स्टार उर्जाको धितोपत्र रोक्का
New Office

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनीको धितोपत्र रोक्का गरिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना जारी गर्दै हिम स्टार उर्जाको धितोपत्र रोक्का गरिएको जनाएको हो ।  

कम्पनीले सार्वजनिक निष्कासन गरेको धितोपत्र बाँडफाँड भई लगानीकर्ताको खातामा जम्मा गर्ने क्रममा सेयर रजिष्ट्रारा तथा हस्तान्तरण प्रतिनिधि एनआईसी एशिया क्यापिटलबाट प्राविधिक त्रुटि सच्चाउने समयावधिसम्म कम्पनीको भदौ २ गतेसम्म जम्मा गरिएको सम्पूर्ण धितोपत्र रोक्का राखिएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।  

कम्पनीले असार २४ गतेदेखि  असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता सेयर निष्काशन गरेको थियो । उक्त आईपीओ गत असार ३२ गत बाँडफाँड भएको थियो । बाँडफाँडपश्चात उक्त आईपीओ लगानीकर्ताको डिम्याट खातामा समेत आईसकेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.