काठमाण्डौ । नेपाल स्टक एक्सचे१ज(नेप्से)मा हिम स्टार उर्जा कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र हिम स्टारबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३७ लाख ३० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष एनआईसी एशिया क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत असार २४ गतेदेखि २७ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको ११ लाख १९ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी जम्मा ३७ लाख ३० हजार कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम भदौ ९ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘हिमस्टार’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९९.१७ रुपैयाँ र २९७.५१ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।