मंगलवार, भाद्र १०,२०८२ 12:46:30
  • मंगलवार, भाद्र १०,२०८२ 12:46:30
Global IME Bank Limited

झापा इनर्जीको आईपीओ बाँडफाँड

Hyundai Nepal
झापा इनर्जीको आईपीओ बाँडफाँड
Shivam Cement

काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले उक्त आईपीओ भदौ ९ गते बाँडफाँड गरेको हो ।  

निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएकाहरुलाई उक्त आईपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी निष्कासन गरिएको सेयर बाँडफाँडमा परेका आवेदकहरुको विवरण हिमालयन क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बाँडफाँडमा परेका आवेदकहरुको विवरण हिमालयन क्यापिटल वा सिडिएस एण्ड क्लियरिङको वेबसाइटबाट हेर्न सकिनेछ ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ लाख ३७  हजार २१९ कित्ता आईपीओ जारी गरेको थियो ।  

जसमध्ये आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र संचालन भई रहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र आयोजनाको अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ (आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र संचालन भई रहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्र बाहेकको)बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ५७ हजार २९ कित्ता आईपीओ जारी गरिएको थियो ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.